• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रूग्ण उद्योगको निजीकरण सार्वजनिक सम्पत्ति कब्जा गर्ने नियतका साथ : मसाल


  •   मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले रूग्ण उद्योगलाई निजीकरण गर्ने नीति सार्वजनिक सम्पत्ति कब्जा गर्ने नियतका साथ आएको ठोकुवा गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ कात्तिक ६ गते मङ्गलबार जारी प्रेसवक्तव्यमार्फत पार्टीले सो धारणा सार्वजनिक गरेको हो ।

    सरकारकै सार्वजनिक उद्योगप्रतिको गलत नीतिका कारणले उद्योगको अवस्था रूग्ण भएको बताउँदै वक्तव्यमा सार्वजनिक उद्योगलाई समेत निजीकरण गर्ने पुँजीवादी नीतिको समाजवाद पक्षधर सम्पूर्ण शक्तिले विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “नेपाल सरकारले रूग्ण उद्योगलाई निजीकरण गर्नेबारे निर्णय गर्न थालेको कुरा कतिपय सञ्चारमाध्यमले बाहिर ल्याएको समाचारप्रति नेकपा (मसाल) को गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले ती उद्योगलाई निजीकरण गर्नेबारे जुन निर्णय गर्दै छ, त्यसलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ ।

    अहिले सरकारले जुन उद्योगलाई रूग्ण भएको बताउँदै छ, ती उद्योगहरू त्यसरी रूग्ण हुनुको पछाडि प्रथम– सरकारको सार्वजनिक उद्योगप्रतिको नीतिगत रूपमा नै गलत दृष्टिकोण र द्वितीय– गैरजिम्मेवार र भ्रष्ट प्रशासकीय कार्यप्रणाली जिम्मेवार छ । त्यसका साथै ती उद्योगको निजीकरण पछाडि ती उद्योगको स्वामित्वमा रहेको ठुलो पैमानाको सार्वजनिक सम्पत्तिमाथि कब्जा गर्ने नियतले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

    नेपालको संविधानमा समाजवादोन्मुख राज्यको निर्माण गर्ने कुरा बताइएको छ । त्यो अवस्थामा सार्वजनिक क्षेत्रका उद्योगलाई अरू प्रोत्साहित गर्दै जानेतिर ध्यान दिनुपर्ने हो तर त्यसको विपरीत सरकारले सार्वजनिक क्षेत्रमा भएका उद्योगलाई संरक्षण गर्नुको सट्टा तिनीहरूलाई निजीकरण गर्ने प्रयत्न गर्दै छ । त्यसले सरकार संविधानले निर्धारण गरेको सिद्धान्तप्रति नै इमानदार नभएको कुरालाई बताउँछ ।

    विश्वमा समाजवादी व्यवस्थाको पतनको साथै सार्वजनिक क्षेत्रमा भएका उद्योगलाई निजीकरण गर्ने अभियान विश्वव्यापी रूपमा नै चलेको छ । पुँजीवादी अर्थशास्त्रको नीतिगत रूपमा नै राज्यले कुनै उद्योग पनि सञ्चालन गर्नुहुन्न भन्ने मान्यता रहेको छ । त्यही सिद्धान्तअनुसार नै सरकारले सार्वजनिक क्षेत्रमा भएका उद्योगलाई राम्ररी सञ्चालन नगरेर रूग्ण अवस्थामा पुर्‍याउने र तिनहरूलाई निजीकरण गर्दै जाने नीति अपनाएको कुरा प्रस्ट छ । सरकारको त्यस प्रकारको नीतिको समाजवाद पक्षधर सबै राजनीतिक शक्तिले विरोध गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।”

    मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.