काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा मालदिभ्समाथि फराकिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा नेपालले मालदिभ्सलाई ११–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
Advertisement
नेपालका लागि रेखा पौडेलले ह्याट्रिकसहित पाँच गोल गरिन्।
प्रिती राईले ह्याट्रिक पूरा गरिन्।
सविता रानामगर, अनिता केसी र अमिसा कार्कीको नाममा समान एक गोल रह्यो।
८८ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अमिसा कार्कीले गोल गर्दा नेपालले ११–० को फराकिलो अग्रता लियो।