• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

महिला स्वास्थ्य स्वयम्सेविकाले सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने


  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । महिला स्वास्थ्य स्वयम्सेविकाले अबदेखि काममा आवतजावत गर्न निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

    Advertisement

    २०८१ कात्तिक २ गते शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमबिच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासङ्घमाझ सो सम्झौता भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने सम्झौता गरे ।

    सम्झौता कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य स्वयम्सेवीलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन यो पहलकदमी अघि बढाइएको बताए । उनले यातायातको सुविधा निःशुल्क रूपमा उपलब्ध गराउन सके मात्रै पनि धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

    उनले सम्झौताको पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।

    उनले भने– ‘उहाँहरूलाई कसरी काम गर्ने वातावरण निर्माण गर्न सकिन्छ ? उहाँहरूको सम्पूर्ण सक्रियताअनुसार उपलब्धि दिने स्थिति कसरी दिन सकिन्छ भनेर मन्त्रालयले छलफल गर्ने सन्दर्भमा हामीले उहाँहरूलाई यातायातको सुविधा निःशुल्क उपलब्ध गराउन सकियो भने उहाँहरूलाई केही हदसम्म राहत हुन सक्छ भन्ने लागेर यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरज्युलाई सम्पर्क गरेँ । उहाँले हाम्रो प्रश्तावमा सहयोग गर्ने कुरा गर्नुभयो ।’

    कार्यक्रममा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातमा स्वास्थ्य स्वयम्मेवीलाई निःशुल्क यातायात चढ्न दिँदा यातायात व्यवसायीको शिर उचो भएको बताए ।

    उनले १२ खर्ब बढी लगानी भएको सार्वजनिक यातायातमा १५ लाख प्रत्यक्ष श्रमिकले रोजगार पाएको पनि बताए ।

    कार्यक्रममा नेपाल स्वास्थ्य स्वयम्सेवी सङ्घकी अध्यक्ष वसन्ती महर्जनले नेपालभरका महिला स्वास्थ्य स्वयम्सेविकाको लागि आफ्नो जिल्ला जिल्लामा निःशुल्क रूपमा यातायात चढ्न पाउने कुराको सम्झौता हुँदा खुसी लागेको बताइन् ।

    उनले लामो समयपछि महिला स्वयम्सेविकालाई बल्ल जग खनेर बसोवास सुरु भएको जस्तो महसुस भएको बताइन् ।

    उनले भनिन्– ‘नेपालभरका महिला स्वास्थ्य स्वयम्सेविकाको लागि आफ्नो जिल्ला जिल्लामा निःशुल्क यातायात चढ्न पाउने कुराको सम्झौता हुँदा म धेरै नै खुसी छु । महिला स्वयम्सेविकालाई बल्ल जग खनेर बसोबास सुरु भएको जस्तो महसुस भएको छ ।’

    महिला स्वास्थ्य स्वयम्सेविकालाई ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविकाले जीविकोपार्जन गर्न सक्ने वातावरण बनाइदिन मन्त्री पौडेलसँग आग्रह गरिन् । उनले महिला स्वयम्सेविकालाई खटिएको दिनको दुई हजार रुपैयाँ दिने व्यवस्था गर्न मन्त्री पौडेलसँग माग गरिन् ।

    महिला स्वास्थ्य स्वयम्सेविकालाई निःशुल्क सार्वजनिक यातायातको सेवा कार्तिक १५ गतेबाट सुरु हुने छ । सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका लाभान्वित हुने सरकारको विश्वास छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने छ ।

    शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.