काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।
Advertisement
इन्टरनेसनल क्रिकेट काउन्सिल (आई.सी.सी.) को कार्यक्रम अनुसार नेपाल, स्कटल्यान्ड र अमेरिकाबिच यही अक्टोबर २५ देखि नोभेम्बर ४, २०२४ सम्म अमेरिकामा सञ्चालन हुने आई.सी.सी. सी.डब्लु.सी. लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासबाट भिसा प्राप्त भएको क्यानले विज्ञप्तिमार्फत जनाएको छ ।
उनी आजै बेलुका (कात्तिक २ गते) अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।