• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चारओटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने


  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
  • वीरेन्द्रनगर । चारओटा भैँसी पालेमा जाजरकोटको बारेकोट गाउँपालिकाका किसानले पशुघर निर्माण गर्न अनुदान पाउने भएका छन् ।

    Advertisement

    मानव घरबाट पशुघर अलग निर्माण गर्ने उद्देश्यका साथ इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिनुभयो ।

    बारेकोटमा अधिकांश स्थानीयले माथिल्लो तलामा आफू बस्ने र तल्लो तलामा पशुचौपाया पालन गर्दै आएका छन् । यो समस्या हल गर्न गाउँपालिकाले चारओटा भैँसीपालन गर्ने पशुपालक स्थानीयलाई अनुदानको रकम लिएर छुट्टै पशुघर निर्माण गर्न आग्रह गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

    मानव स्वास्थ्य र पशुपालक किसानलाई मल उत्पादनदेखि पशु स्वास्थ्य बनाउन यो योजनाले सघाउ पुर्‍याउने गाउँपालिकाले अपेक्षा लिएको छ । चारओटा भैँसीपालन नगर्ने किसानलाई अनुदान नदिइने अध्यक्ष गिरीले बताउनुभयो ।

    बारेकोटमा पशुपालन बढी हुने गरेको छ । कर्णाली प्रदेश सरकारद्वारा हस्तान्तरण गरिएको सशर्त अनुदान रकमबाट पशु र मानव घर अलग बनाउने कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    अनुदानका लागि वडा कार्यालयको सिफारिस, वडाको पशु प्राविधिकको सिफारिसलगायत कागजात पालिकामा बुझाउनुपर्ने शर्त छ ।

    पालिकाले १ देखि ९ वडाका पशुपालक किसानलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । पालिकाले यसभन्दा अघि आफ्नै बजेटबाट पनि केही पशुघर निर्माण गरेको छ ।

    गाउँपालिकाले पशुचौपाया बिरामी भए उपचार गर्न रु १२ लाख विनियोजन गरेको छ । पशु स्वास्थ्य शिविर सञ्चालन गर्न रु दुई लाख रकम विनियोजन गरिएको छ । विभिन्न रोगको महामारी फैलिन नदिन पालिकाले विश्षे योजना बनाएको छ । गाउँगाउँमा गएर पशु चौपायाको उपचार गर्न शिविर सञ्चालन गर्न उक्त रकम विनियोजन गरिएको हो ।

    एक वडा, एक प्राविधिक कार्यक्रम लागु गरेर पालिकाभित्रका पशु चौपायाको उपचार, रेखदेखका तथा पशु सेवाका लागि रु ५२ लाख २० हजार विनियोजन गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

    जिल्लाको एकमात्र पाटन क्षेत्र भएको पालिकामध्ये एक बारेकोट हो । नलगाड नदीकिनारमा यहाँ बस्ती छन् । नलगाड नदीको उद्गमस्थलसमेत बारेकोटमा नै छ । वर्षायाममा यहाँका पशुधन पाटन र हिउँदयाममा गाउँ झारिन्छन् । (रासस)

    शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.