• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

चारओटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने


  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
  • वीरेन्द्रनगर । चारओटा भैँसी पालेमा जाजरकोटको बारेकोट गाउँपालिकाका किसानले पशुघर निर्माण गर्न अनुदान पाउने भएका छन् ।

    Advertisement

    मानव घरबाट पशुघर अलग निर्माण गर्ने उद्देश्यका साथ इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिनुभयो ।

    बारेकोटमा अधिकांश स्थानीयले माथिल्लो तलामा आफू बस्ने र तल्लो तलामा पशुचौपाया पालन गर्दै आएका छन् । यो समस्या हल गर्न गाउँपालिकाले चारओटा भैँसीपालन गर्ने पशुपालक स्थानीयलाई अनुदानको रकम लिएर छुट्टै पशुघर निर्माण गर्न आग्रह गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

    मानव स्वास्थ्य र पशुपालक किसानलाई मल उत्पादनदेखि पशु स्वास्थ्य बनाउन यो योजनाले सघाउ पुर्‍याउने गाउँपालिकाले अपेक्षा लिएको छ । चारओटा भैँसीपालन नगर्ने किसानलाई अनुदान नदिइने अध्यक्ष गिरीले बताउनुभयो ।

    बारेकोटमा पशुपालन बढी हुने गरेको छ । कर्णाली प्रदेश सरकारद्वारा हस्तान्तरण गरिएको सशर्त अनुदान रकमबाट पशु र मानव घर अलग बनाउने कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    अनुदानका लागि वडा कार्यालयको सिफारिस, वडाको पशु प्राविधिकको सिफारिसलगायत कागजात पालिकामा बुझाउनुपर्ने शर्त छ ।

    पालिकाले १ देखि ९ वडाका पशुपालक किसानलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । पालिकाले यसभन्दा अघि आफ्नै बजेटबाट पनि केही पशुघर निर्माण गरेको छ ।

    गाउँपालिकाले पशुचौपाया बिरामी भए उपचार गर्न रु १२ लाख विनियोजन गरेको छ । पशु स्वास्थ्य शिविर सञ्चालन गर्न रु दुई लाख रकम विनियोजन गरिएको छ । विभिन्न रोगको महामारी फैलिन नदिन पालिकाले विश्षे योजना बनाएको छ । गाउँगाउँमा गएर पशु चौपायाको उपचार गर्न शिविर सञ्चालन गर्न उक्त रकम विनियोजन गरिएको हो ।

    एक वडा, एक प्राविधिक कार्यक्रम लागु गरेर पालिकाभित्रका पशु चौपायाको उपचार, रेखदेखका तथा पशु सेवाका लागि रु ५२ लाख २० हजार विनियोजन गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

    जिल्लाको एकमात्र पाटन क्षेत्र भएको पालिकामध्ये एक बारेकोट हो । नलगाड नदीकिनारमा यहाँ बस्ती छन् । नलगाड नदीको उद्गमस्थलसमेत बारेकोटमा नै छ । वर्षायाममा यहाँका पशुधन पाटन र हिउँदयाममा गाउँ झारिन्छन् । (रासस)

    शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.