बागलुङबजार । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँ समिति, तङ्ग्राम वडा समिति र अखिल नेपाल महिला सङ्घ काठेखोला गाउँ समितिको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
राजमो काठेखोलाका सदस्य, महिला सङ्घ काठेखोलाकी उपाध्यक्ष सीता किसानका पति र राजमो शुभचिन्तक अनिलकुमार किसानका पिता अमरबहादुर किसानको निधन भएपछि उहाँको स्मृतिमा २०८१ असोज २९ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो बागलुङका अध्यक्ष तिलक थापा र राजमो जिल्ला सदस्य टीकासङ्गम विकले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम पुन, अखिल नेपाल किसान महासङ्घ (अप्फा) बागलुङका सदस्य दिलबहादुर पुन, राजमो काठेखोला गाउँ समितिका सदस्य थिरबहादुर राना, वडा समितिका अध्यक्ष विष्णु कँडेल, महिला सङ्घ काठेखोलाकी सचिव विष्णुकली थापा, सदस्य भद्री किसान, कोपिला थापा, कमला पुन, दिलकुमारी थापा, राजमो तङ्ग्रामका सदस्य नरबहादुर थापा, नरबहादुर पुन, ससबहादुर विक, श्यामलाल विक, भीम जोल्मी, पूर्णबहादुर थापालगायतले पनि श्रद्धाञ्जली दिनुभएको थियो ।
काठेखोला–४ तङ्ग्राम निवासी अमरबहादुरको गत असोज २४ गते ६० वर्षको उमेरमा उपचारको क्रममा ललितपुरस्थित बल्ड अस्पताल जाउलाखेलम असामयिक निधन भएको थियो ।

