• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दसैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि खुला


  •   बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    Advertisement

    यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र काठमाडौँ उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो ।

    बैठकमा चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ । बैठकले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको विभागका निर्देशकरप्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए ।

    उनकानुसार अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्नेरगराउने र यात्रुलाई मादक पदार्थ सेवन गरी यात्रा नगर्न आग्रह गर्ने निर्णय भएको छ ।

    ‘सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्न र सम्बन्धित काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्ने, सवारी चालकले यात्रुलाई खानारखाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्नेरगराउने निर्णय गरिएको छ’, प्रवक्ता पनेरुले भने, ‘अनधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने/गराउने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णय पनि भएको छ ।’

    यसैगरी यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारीसाधन असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ ।

    ‘तथापि प्रचलित कानुनबमोजिम आयात गर्ने मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापनपत्र र निर्या गर्ने मालबाहक सवारीको हकमा नियमअनुसारको राजश्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयातरनिर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौँसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने निर्णय भएको छ’, प्रवक्ता पनेरुले भने, ‘यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने छ तर कुनै बाटोको विशेष प्रकृतिका कारण त्यहाँ सञ्चालन निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीहरूलाई भने बन्देज कायमै रहने छ ।’

    पनेरुकानुसार उपत्यका आउने र बाहिरिने प्रमुख स्थानलगायत देशभर मादक पदार्थ सेवन र लागुपदार्थ सेवन गर्ने सवारी चालकको स्वास्थ्य अवस्थाबारे चेक जाँच गर्ने÷गराउने र सेवन गरेको पाइएमा निजको सट्टा व्यवसायीले अर्को चालकको व्यवस्था गर्नुपर्ने निर्णय भएको छ ।

    यात्रुहरूलाई सहजीकरण गर्न उपत्यकाको नागढुङ्गा, कलङ्की, स्वयम्भु, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदी र नाडाको सहयोग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गर्नेसमेत बैठकले निर्णय गरेको विभागले जनाएको छ ।

    चाडपर्व अवधिभर अनुगमनका लागि यातायात व्यवस्था विभागले सराकार भएका निकाय सम्मिलित अनुगमन टोली गठन गर्ने र यस कार्यमा प्रदेशको यातायात मन्त्रालय सहयोग लिने, चाडपर्व लक्षित सवारीसाधन व्यवस्थापन गर्ने सिलसिलामा सडकको अवस्था र प्राकृतिक प्रकोपजस्ता कारणले काबुबाहिरको परिस्थिति सिर्जना भई समयमा सवारी साधन पुग्न नसकेमा विकल्पका रूपमा सम्बन्धित यातायात कम्पनी (व्यवसायी) ले अर्को सवारी साधन उपल्बध गराउने र यस विषयलाई सहजीकरण गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था, ल्होत्से बहुउद्देश्यीय प्रालि सम्मिलित समिति गठन गर्ने तथा उक्त समितिमा रहने पदाधिकारीको नाम र सम्पर्क नम्बर नेपाल प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरमा उपलब्ध गराउन निर्णय भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले चाडपर्वमा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना बढ्ने सम्भावना रहेकाले दुर्घटना न्यूनीकरणका लागि कडाइका साथ चेकजाँच गरिने प्रतिबद्धता जनाए । रासस

    बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.