काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । उदयपुरको भुल्केकी ४३ वर्षीय महिलामा शनिबार साँझ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Advertisement
उदयपुरमा मात्रै संक्रमितको संख्या ३२ पुगेको छ । शनिबार बिहानमात्रै उदयपुर र कपिलवस्तुका ३–३ तथा विरगञ्जका १ जनामा संक्रमण भेटिएको थियो ।
नेपालमा संक्रमितमध्ये २८ जना निको भएका छन् । निको भएका ३ जनामा भने पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।