• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल (छैठौं) दाङको १७ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा सेवक भट्टराई


  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङको १७ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ।सम्मेलनले सेवक भट्टराईको अध्यक्षतामा ६ जना सल्लाहकारसहित २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

    Advertisement

    समितिको उपाध्यक्ष निर्मला खनाल, सचिव दिनेश रैदास, सहसचिव तुलसीराम भट्टराई र कोषाध्यक्ष तुलसीराम भण्डारी चयन हुनुभएको छ।

    सदस्यहरूमा निराजन शर्मा, विकास बिष्ट, प्रशंसा पुन मगर, युगिन खनाल, श्रीविद्धा भण्डारी, पूर्णिमा थापा, भूपेन्द्र परियार, प्रमिला योगी, प्रकाश भण्डारी, पूर्णिमा बिष्ट, संस्कृति आचार्य, उषा पोखरेल, भुपेन्द्र सुनारी, रचना चौधरी रहनुभएको छ भने वैकल्पिक सदस्यमा मिना केसी, तरुनम खातुन, रविन अधिकारी, प्रेमलाल चौधरी, सुशील गिरि र मिरिस्कान सुनार रहनु भएको छ।

    सम्मेलनले विकास बिष्ट, लक्ष्मी बिक, धुर्ब बेलवासे, सुनिता आचार्य, अशोक खनाल र सरिता पुनमगरलाई सल्लाहकार चयन गरेको छ।

    सम्मेलनको उद्घाटन प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले मैनबत्ति बालेर गर्नुभएको थियो । सो अवसरमा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राष्ट्रघाती, भ्रष्टचारीहरूलाई तह लगाउन सबै विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताउनुभयो । विद्यार्थी सचेत तप्का भएकाले राजनीतिलाई सही प्रकारले बुझ्ने क्षमता विद्यार्थीमा हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

    सम्मेलनलाई सम्बोधन गर्दै विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले अहिले संसदवादी विद्यार्थी संगठनहरू सत्ता र कुर्सी केन्द्रित रहेका उल्लेख गर्दै अखिल (छैठौं) दलाल सत्ताविरूद्ध निरन्तर सङ्घर्षमा केन्द्रित छ भन्नुभयो ।

    अखिल (छैठौं) जिल्ला समिति दाङले १७औं जिल्ला सम्मेलनको अवसरमा दाङका पूर्वअध्यक्षहरूलाई सम्मान गरेको छ। पूर्वअध्यक्षहरू गणेश आचार्य, भानु जीएम, जीवन भण्डारी, बसन्त आचार्य, धुर्व बेलवासे र सुरेश थापालाई प्रमुख अतिथि कुँवरले सम्मानपत्र सहित सम्मान गगर्नुभएको थियो।

    यस्तै, सुशील पोखरेल, धकेन्द्र डाँकी, सुबाश बन्जाडे र लक्ष्मण बिक उपस्थित नभएकोले उहाँहरूलाई पनि संगठनले सम्झिएको थियो। सम्मानित अध्यक्षबाट प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष जीवन भण्डारीले सत्रौं जिल्ला सम्मेलनलाई शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    त्यसैगरी जिल्ला सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष र अखिल (छैठौं)का पूर्वकेन्द्रीय सचिव गणेश आचार्य, ऐरावती क्याम्पसका संस्थापक स्ववियू सभापति अशोक बेलवासे, मित्र संगठन अखिल क्रान्तिकारीका जिल्ला सहसचिव विनोद कुमार सोनी, अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज रिसव आचार्य, अखिल नेपाल शिक्षक सङ्घ दाङ जिल्ला अध्यक्ष रुमाल बस्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

    सम्मेलनमा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल महिला संघकी दाङ जिल्ला उपाध्यक्ष कमला बेलबासे, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल र जिल्ला सचिव लालबहादुर भण्डारी, अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष लेखराज आचार्य, जातीय समता समाज लुम्बिनी प्रदेश सदस्य शान्ति सुनार, अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश पाण्डे, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद आचार्य, अखिल नेपाल किसान महासङ्घ दाङ जिल्ला उपाध्यक्ष माधव आचार्य, रक्तिम सांस्कृतिक अभियानका दाङ जिल्ला कोषाध्यक्ष विक्रम पाण्डे, अखिल नेपाल उद्योग व्यापार सङ्घ जिल्ला सदस्य तथा राती उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, प्रगतिशील पत्रकार सङ्घ केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजाल लगायतको अतिथिता रहेको थियो।

    रिसव आचार्य, धुर्व बेलबासे र सुनिता आचार्यको अध्यक्ष मण्डल गठन भइ अघि बढेको बन्दसत्रमा राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

    सम्मेलनमा विकास बिष्ट, पूर्णिमा बिष्ट, स्वर्णिम थापा, सम्पदा पोखरेल, अस्मिता थापा, निर्मला सुनार, मनिषा सुनार, मनिका परियार र दिलप्यारी घर्ती मगर लगायतले एकल तथा ग्रुप नृत्य प्रस्तुत गर्नुभएको थियो।

    जिल्ला अध्यक्ष सरिता पुनको अध्यक्षता, सहसंयोजक सेवक भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको सञ्चालन जिल्ला सचिव दिनेश रैदासले गर्नुभएको थियो भने ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौन धारण गरी सम्मेलन सुरु भएको थियो ।

    शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.