अशोक खनाल, भालुबाङ, (दाङ) ।
दाङको राप्ती गाउँपालिका–२ बराखुट्टीस्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को क्याम्पस एकाइ समिति गठन भएको छ ।
केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यमा २०८१ असोज २ गते सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो ।
भेलाले निराजन शर्मा अध्यक्षता रहनुभएको १७ सदस्य एकाइ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रमिला योगी, सचिवमा भूपिन्द्र परियार, कोषाध्यक्षमा बिपिन चौधरी र सहसचिवमा सङ्गिता भैयामगरलाई चयन गरेको छ ।
त्यस्तै, सदस्यमा जीवन सुवेदी, अरविन चौधरी, अमृता पौडेल, सुशीला पोख्रेल, पल्पसा घर्तीमगर, नारायणी केएम, सङ्गिता शर्मा, रिता अधिकारी, सङ्गिता चौधरी, मनिषा भट्टराई, एनिसा आचार्य र प्रकाश भण्डारी रहनुभएको छ ।
भेलामा अखिल (छैठौं) का केन्द्रीय सदस्य रिसव आचार्य, दाङ जिल्ला अध्यक्ष सरिता घर्ती, क्याम्पस स्ववियु समितिका संस्थापक अध्यक्ष अशोक बेलबासेलगायतले विद्यार्थी हकहित तथा अखिल (छैठौं) को नीति तथा कार्यक्रमबारे प्रशिक्षण दिनुभएको थियोे ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौं) राप्तीका अध्यक्ष एवम क्याम्पस स्ववियु सचिव अशोक खनालले गर्नुभएको थियोे ।
