काठमाडौं । हेमन्त शर्माले पहिलोपटक दसैंविशेष गीत ल्याएका छन्। ‘आउँथ्यो दसैं’ बोलको गीतमा हेमन्तसहित मेलिना राईको स्वर सुन्न सकिन्छ।
Advertisement
सार्वजनिक गीतमा दसैंदेखि तिहारसम्मको रमाइलोलाई माहोल समेटिएको छ। अरुवर्षभन्दा यो वर्षको दसैँमा निकै मजा भएको भाव गीतमा समेटिएको छ। साथै दसैँ र तिहारमा परदेशिएकाहरुले पनि आउनुपर्छ भनिएको छ।
रमाइलो भावको यस गीतमा हेमन्तकै शब्द र संगीत रहेको छ। गीतलाई राकेश सोनीले एरेन्ज गरेका हुन्।
गीतको भिडिओ पनि निकै रमाइलो छ। भिडिओमा हेमन्तसहित रजनी गुरुङ, डोना थापा मगर, ललना चिमरिया, एलिस राईको नृत्य र अभिनय छ।
पवन सुसिलाङले खिचेका भिडिओलाई मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ।