लक्ष्मण चालिसे, भरतपुर ।
चितवनमा राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएको छ ।
२०८१ भदौ ३१ गते सोमबारका दिन सङ्घीयता, भ्रष्टाचार, एमसिसी, सीमा अतिक्रमणलगायत विषयमा सो ज्ञापन बुझाइएको हो ।
राजमो जिल्ला अध्यक्ष अमरबहादुर क्षेत्रीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।
राजमो केन्द्रीय सदस्य डम्मर पुरी, देवी शर्माको उपस्थितिमा राजमो चितवनका कोषाध्यक्ष विष्णु पौडेलको सञ्चालनमा केन्द्रीय सदस्य डम्मर पुरीले सो ज्ञापन हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलमा राजमो नेताहरू भविश्वर शर्मा, डम्मर केसी, मोहराज चालिसे, ठगराज शर्मा, बालकुमारी आचार्य, सीता क्षेत्री, चन्द्रा केसी, कृष्ण सुवेदी, भक्तिराम गौतम, देवीराम शर्मा, लालबहादुर थापा, नरबहादुर क्षेत्री, टीकाराम सुवेदी, इन्द्र पौडेल, खगी थापा, मनोज केसी, घनश्याम पौडेल, रविशङ्कर चालिसे, एलपी शर्मा, खेमनाथ शर्मा र रिता पौडेल सहभागी हुनुहुन्थ्यो ।





