तमघास, (गुल्मी) । राष्ट्रिय जनमोर्चा गुल्मी जिल्लाले जिल्ला प्रशासन कार्यालयमा १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीको नेतृत्वमा २०८१ भदौ २८ गते सो ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउन जाने प्रतिनिधिमण्डलमा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो जिल्ला सहसचिव हरि न्यौपाने, राजमो कोषाध्यक्ष नरमाया राना, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष श्यामलाल पन्थ, नेकपा (मसाल) का गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, राजमो जिल्ला समितिका सल्लाहकार रामेश्वर खत्री, राजमो जिल्ला सस्लाहकार सदस्य कमला अर्यालको सहभागिता रहेको थियो ।
ज्ञापनपत्रमा राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, धर्मनिरपेक्षता, गणतन्त्र, धर्मनिरपेक्षता, भ्रष्टाचार, अनियमिता जस्ता राष्ट्रिय समस्या तथा स्थानीय समस्याहरू उठाइएको छ ।