धनगढी । कोरोना भाइरसबाट संक्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिला आज कोरोना ‘पोजेटिभ‘ निको भई अस्पतालबाट डिस्चार्ज भएकी छन् । अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भई अस्पतालवाट डिस्चार्ज भएकी हुन् ।
Advertisement
उनी कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना संक्रमित बिरामीबाट मुक्त भएको छ अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले बताउनुभयो ।
अस्पतालको आइसोलेशनमा पनि कोही शंकास्पद बिरामी नरहेको डा कमरले जानकारी दिनुभयो ।ति महिलाको आठ पटकसम्म नमूना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जितेकी हुन् ।

