• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

विदेशमा दैनिक चार नेपालीको मृत्यु, एक वर्षमा १४७ ले गरे आत्महत्या


  •   मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । गएको आर्थिक वर्ष २०८०/८१ मा मात्रै नेपालमा १३ खर्ब रुपैयाँभन्दा धेरै रेमिटेन्स भित्रिएको छ । तर, सोही अवधिमा वैदेशिक रोजगारीमा गएका १ हजार २७३ जनाको विभिन्न कारणले मृत्यु भएको तथ्यांकले देखाएको छ ।

    Advertisement

    गतवर्ष वैदेशिक रोजगारीमा गएका १ हजार ३ सय जनाको शव नेपाल भित्रिएको छ ।

    अर्थात् आफ्नो र परिवारको सुन्दर भविष्यको सपना बुनेर वैदेशिक रोजगारीमा गएका युवाहरूमध्ये प्रत्येक दिन झन्डै चार जनाको मृत्यु उतै भयो। वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष मात्रै १४७ नेपालीले विभिन्न श्रमगन्तव्य देशमा आत्महत्या गरेका थिए।

    तीमध्ये सबैभन्दा धेरै ३६४ जनाले विभिन्न रोगका कारण ज्यान गुमाए। वैदेशिक रोजगार बोर्डका अनुसार दोस्रो धेरै ज्यान गुमाउनेको सङ्ख्या ‘प्राकृतिक मृत्यु’ छ।

    सो अवधिमा २८७ जनाको प्राकृतिक मृत्यु भएको बीबीसीले जनाएको छ ।

    श्रमगन्तव्य देशहरूमा हरेक वर्षजसो नेपाली युवाहरूको मृत्युको तेस्रो प्रमुख कारण आत्महत्या रहेको बोर्डको तथ्याङ्कमा देखिन्छ।

    बोर्डका अनुसार विगत चार वर्षमा ४६५ जना नेपाली युवायुवतीले श्रमगन्तव्य मुलुकमा आत्महत्या गरे।

    आत्महत्याको मुख्य कारण डिप्रेसन
    श्रमविज्ञ केशव बस्याल वैदेशिक रोजगारीमा जानु अघिको अपेक्षा र त्यहाँ पुगिसकेपछिको अवस्थाका कारण पनि कतिपय युवाहरूमा निराशा र मानसिक समस्या देखिएर आत्महत्यासम्म पुग्ने गरेको बताउँछन्।

    ‘कस्तो प्रक्रियाबाट र कस्तो सूचना लिएर जानुभएको छ भन्ने कुरा पनि यसमा जोडिन्छ। त्यहाँ पुगिसकेपछि डिप्रेशनको स्तर बढ्ने र आत्महत्यासम्म हुने गर्छ,’ उनले भने, ‘किनभने वैदेशिक रोजगारीमा पारिवारिक विषय र आर्थिक लगानीको विषय जोडिएको छ।’

    यद्यपि वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकालका अनुसार नेपाली युवाहरूले श्रमगन्तव्य देशमा आत्महत्या गर्नुका कारणबारे विभागले अध्ययन गरेको छैन।

    ‘हामीले यसबारे छुट्टै अध्ययन नगरे पनि रोकथामका उपायहरू अवलम्बन गरिरहेका छौँ,’ ढकालले भने।

    ठूलो खर्च गरेर श्रम गन्तव्य देशमा पुगिसकेपछि आफ्नो योग्यता र अपेक्षाभन्दा फरक काम गर्नुपर्दा पनि नेपाली श्रमिकहरूमा निराशा र मानसिक रोगको समस्या देखिने गरेको अध्ययनहरूले देखाएको बस्याल बताउँछन्।

    वीर अस्पतालका चिकित्सक सञ्जय धरेलले विदेशमा काम गर्न गएका युवामा डिप्रेशन र अन्य मानसिक समस्या देखिनुमा प्रमुख तीन कारण पहिल्याएका छन्।

    उनका अनुसार वैदेशिक रोजगारीमा गएका अधिकांश युवाहरू २० देखि ४० वर्ष उमेर समूहको हाराहारीमा छन्।

    ‘यो उमेर समूहमा अलिकति बढी महत्त्वाकाङ्क्षा हुन्छ। त्यहाँ गएपछि त्यो पूरा नहुनु एउटा कारण देखिन्छ,’ धरेल भन्छन्।

    ‘अर्को चाहिँ परिवारसँग छुट्टिएर बस्नुपर्ने अवस्था हो। या त उनीहरू वयस्क हुँदै गरेका वा भर्खरै परिवार र बालबच्चा भएका हुन्छन्। यो अवस्थामा छुट्टिएर बस्नुपर्ने अवस्थाले पनि उनीहरूमा थप समस्या ल्याउँछ।’

    ‘तेस्रो कुरा चाहिँ उनीहरू यहाँ हुँदा पनि डिप्रेशन सुरु भएको, कतिपयले औषधिहरू नै खाइरहेको र त्यहाँ गएपछि यो समस्या बढेका कारण आत्महत्यासम्म पुगेको हाम्रो अनुभवबाट देखिन्छ।’

    श्रम कूटनीतिबारे समेत अध्ययन गरेका बस्याल कतिपय देशमा सामाजिक सुरक्षा र कामदारको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ख्याल गरिने भए पनि नेपाली कामदारहरूका प्रमुख श्रमगन्तव्य रहेका खाडी राष्ट्र र मलेशियाजस्ता देशहरूमा कामदारको स्वास्थ्यलाई रोजगारदाताले ख्याल नगर्ने बताउँछन्।

    ‘बोझको काम गर्नुपर्ने, लगातार लामो समयसम्म र एकदमै तातो ठाउँमा काम गर्नुपर्ने, बस्ने ठाउँमा पनि राम्रो सुविधा नहुने र रोजगारदाताले पनि त्यसको ख्याल नगर्ने जस्ता कारणहरू खाडी राष्ट्र र मलेशियामा देखिन्छन्,’ उनी भन्छन्।
    सरकारले युवाहरूलाई उनीहरू जान लागेको रोजगारीको प्रकृति, कस्तो काम गर्नुपर्छ कस्तो वातावरणमा काम गर्नुपर्छ जस्ता विषयमा बुझाउनुपर्ने श्रमविज्ञ बताउँछन्।

    वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी ढकालका अनुसार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा डिप्रेशन र एन्जाइटीजस्ता समस्या भएका नेपाली युवाहरूलाई श्रमगन्तव्य देशमै टेलिमेडिसिन सेवा उपलब्ध गराउँदै आएको छ।

    मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • २.
      हार्दिक शुभकामना

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ४.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ५.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ६.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ७.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ८.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.