नेपालगञ्ज । बाँकेको बैजननाथ गाउँपालिका वडा नं. ६ मा राष्ट्रिय जनमोर्चाको वडा भेला आयोजक समिति गठन गरिएको छ ।
Advertisement
राजमो बाँकेको उपाध्यक्ष जगदीश ढकाल र अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डेको उपस्थितिमा २०८१ भदौ १८ गते मङ्गलबार सो भेला सम्पन्न भएको हो ।
भेलाले गठन गरेको समितिको संयोजकमा शेरबहादुर विश्वकर्मा रहनुभएको छ भने सदस्यहरूमा धनबहादुर सुनार, सुशीला परियार, कालिका खत्री, पूजा विक, धनसरी सुनार र दीपक बुढा रहनुभएको छ ।
भेलाले आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर वडा भेला गरिने निर्णय गरेको अध्यक्ष विश्वकर्माले युगदर्शनलाई जानकारी दिनुनभएको छ ।