काठमाडौं । कपिलवस्तु जिल्लाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ दुई पुरुषमा कोरोना संक्रमण पुष्टि गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा कोरोना संक्रमण भेटिएको हो ।
Advertisement
संक्रमित हुनेमा कपिलवस्तु–८ का १६ र २२ वर्षीय पुरुष छन् । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।


