परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नवलपरासी नगरपालिकामा राष्ट्रिय जनमोर्चाले १४ बुँदे ज्ञापन बुझाएको छ ।
Advertisement
राजमो लुम्बिनी प्रदेश समितिको सदस्य तिलकप्रसाद सुवेदी नेतृत्वको ११ सदस्यीय प्रतिनिधिमण्डलले २०८१ भदौ १३ गते बिहीबार सो ज्ञापन बुझाएको हो ।
प्रतिनिधिमण्डलमा राजमो नवलपरासीका अध्यक्ष कृष्णबहादुर अधिकारी, धनपति सापकोटा, राजमो सुनवलका तिलबहादुर सूर्यवंशी, नगर उपाध्यक्ष इन्द्राकुमारी रोक्कामगर, सचिव कृष्णबहादुर थापा, सदस्यहरू नरेन्द्र विक, यमबहादुर थापा, जङ्गबहादुर थापा, ताराबहादुर विक र गिरीराज ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।
ज्ञापनमा राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता, जनजीविका, सुशासन, यातायात, कृषि, सहकारीलगायतका विषयमा राष्ट्रिय तथा स्थानीय विषय समावेश रहेका छन् ।

