ढोरपाटन (बागलुङ) । बागलुङ ढोरपाटन नगरपालिकाको वडा नं. २ टारिखेतमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
राजमो बागलुङका सचिव भीमलाल पोखरेलको प्रमुख आतिथ्यमा २०८१ भदौ १३ गते बिहान उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा र जिल्ला सदस्य धनबहादुर अदैले पनि समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा राजमो जिल्ला सदस्य कमला पाण्डे र निमकुमारी भण्डारीको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता तमबहादुर घर्तीले गर्नुभएको थियो ।