भरतपुर । चितवनको रत्ननगरमा अखिल नेपाल महिला सङ्घ जिल्ला समितिको आयोजना २०८१ सालको प्रगतिशील तिजी कार्यक्रम सम्पनन भएको छ ।
२०८१ भदौ १२ गते रत्ननगर नगरपालिकाको पर्सौनीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य देवी शर्मा, राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री, नेकपा (मसाल) का जिल्ला प्रवक्ता भविश्वर शर्मा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्मरबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अदक्ष्य जितबहादुर थापा, अखिल नेपाल किसान महासङ्घ (अफ्)ा का जिल्ला अध्यक्ष लक्ष्मण चालिसे, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला अध्यक्ष ठगराज आचार्य, राजमो रत्ननगर नगर समितिका अध्यक्ष देविराम शर्माको आतिथ्य रहेको थियो ।
महिला सङ्घ चितवनकी अध्यष बालकुमारी आचार्यको अध्यक्षता तथा उपाध्यक्ष चन्द्रा केसीको सञ्चालकमा सो कार्यक्रम अघि बढेको थियो ।
महिला सङ्घ चितवनकी सदस्य लक्ष्मी चालिसे र रक्तिम परिवारद्वारा क्रमशः शब्द र सङ्गीतद्वरा स्वागत गरिएको थियो ।