खलङ्गा । प्युठानको प्युठान नगरपालिकामा अखिल नेपाल बुद्धिजीवी सङ्घको नगर भेला सम्पन्न भएको छ ।
Advertisement
२०८१ भदौ १२ गते बुभबार सम्पन्न उक्त भेलाले गेहराज थापाको अध्यक्षतामा ११ पूर्ण र तीन सल्लाहकार गरी १४ सदस्यीय नगर समिति चयन गरेको छ ।
समितिको सचिव गिरबहादुर भण्डारी, कोषाध्यक्ष डुकबहादुर कार्की तथा सदस्यमा नारायण श्रेष्ठ, गनबहादुर केसी, ओमबहादुर कार्की, शिवध्वज घर्ती, चेतनाथ योगी, ईश्वरी पन्डित, गिरिराज पन्डित र घनश्याम न्यौपाने रहनुभएको छ ।
भेलालाई राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा र नेकपा (मसाल) प्रदेश प्रवक्ता तिलक जिसले शुभकामना दिनुभएको थियो ।
भेला गेहराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
