• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकाको डालासमा ४ हजार बढी नेपालीले हेर नेपथ्य कन्सर्ट


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । ‘टिकट सबै बिक्री भइसकेको छ’, कन्सर्टको दिन बिहान अनलाइनबाट टिकट काट्न खोज्ने दर्शकहरूले अनलाइन टिकट व्यवस्थापन गर्ने ‘लाइभ नेसन’को साइटमा यस्तो सन्देश देखियो।

    Advertisement

    चार हजार दर्शक क्षमताको टोयोटा म्युजिक फ्याक्ट्रीमा नचिताएको उपस्थिति देखेर हेर्न जाने सबै चकित परिरहेका थिए।

    ‘अदभुत!’ आश्चर्यमा परेकी इशु पोखरेल भन्दै थिइन्, ‘अमेरिकाको एउटै स्थानमा एकै छतमुनि एकसाथ यति धेरै नेपाली देखेकै आजसम्मकै मेरो पहिलो अनुभव हो।’

    युनिभर्सिटी अफ टेक्सासकी विद्यार्थी इशु छ वर्षको उमेरमा आफ्ना अभिभावक साथ अमेरिका आएकी हुन् जो शनिबार आमाका साथ कन्सर्ट हेर्न उपस्थित थिइन्।

    ‘आमा मात्र होइन मामाघरको हजुरआमालाई समेत मन पर्ने ब्यान्ड हो नेपथ्य,’ उनले भनिन्, ‘नेपाली कार्यक्रमहरू मध्ये आजसम्मकै सबैभन्दा उत्कृष्ट अनुभव मेरो यही बन्न पुग्यो।’

    निर्धारित समयमा ठ्याक्कै सुरु गर्ने ब्यान्डको नीति अनुसारै बेलुकी ठीक साढे आठ बजे मञ्चमा बज्न थालेको नेपथ्यका लोक–रक भाकाहरू लगातार दुई घन्टासम्म चलेको थियो। गीतको तरङ्गसँगै विशाल हलभित्रको भीडमा मानिसका टाउकाहरू पनि लहरजस्तै बगेका देखिन्थे।

    ‘कोशीको पानी यो जिन्दगानी’, ‘शिरफूल शिरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’ जस्ता नयाँ गीतहरूको समेत प्रस्तुति रहेको कार्यक्रममा, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘रेशम’, ‘तालको पानी’ लगायत नेपथ्यका सार्वकालिक हिट गीत पनि प्रस्तुत गरिएको थियो। नयाँ पुराना सबै गीतमा गायक अमृत गुरुङलाई पूरा हलले कोरसले झैँ साथ दिएको थियो। कन्सर्ट सकिएपछि पनि दर्शकहरूमा उत्साहको लहर कायमै थियो।

    ‘मानिसहरू हरेक कुरामा पुस्तापिच्छे आउने अन्तर (जेनरेसन ग्याप) को कुरा गर्छन्,’ इशुले थपिन्, ‘तर, राम्रा कुराहरू कुनै कालखण्डमा नबाँधिएर एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण पनि हुने गर्छ भन्ने कुराको प्रमाण यो कन्सर्ट बन्न पुगेको छ।’

    कन्सर्ट हेर्नकै निम्ति पाँच घन्टा लामो मोटर यात्रा गरेर सान एन्टोनियोदेखि आएका रोशनलाल श्रेष्ठले आफ्नो अनुभव यसरी पोखे, ‘संगीत, हलभित्रको माहोल प्रभावकारी बनाउन दृश्यहरूको प्रस्तुति, प्रत्येक क्षणको सदुपयोग, नेपथ्यका सदाबहार गीतहरूदेखि लिएर गायकले दिने मर्मस्पर्शी सन्देशसम्म सबै थोकको गजब समायोजन अनुभव गर्न पाइयो। मेरा निम्ति सिंगो प्रस्तुति एउटा अविस्मरणीय भव्य अनुभव बन्यो।’

    कन्सर्ट हेर्नकै लागि राजधानी वासिङ्टन डिसीदेखि आउने सौरभ पाण्डे जस्ता दर्शक पनि थुप्रै थिए। नेपथ्यको कन्सर्ट हेर्नका लागि गरिने खर्चको एक एक पैसा चुक्ता हुने गरेको दाबी गर्ने सौरभले केही दिनमै मेरिल्यान्डमा आयोजना हुने नेपथ्य कन्सर्ट पनि हेर्न जाने अठोट जताए।

    कन्सर्ट सकिएपछि पनि अबेरसम्म आयोजनास्थल वरपर नेपालीहरू रमाउँदै गरेका देखिन्थे।

    ‘कति चुस्त अनि कस्तो गजबको प्रस्तुति,’ हलका प्रोडक्सन म्यानेजर जिम्मी निकोलाइडिसले प्रतिक्रिया दिए, ‘दर्शकहरूको उत्साह यति प्रभावकारी थियो कि यो आयोजनाकै एउटा पाटो बन्न पाएकामा मलाई गौरव महसुस भएको छ। नेपाली कलाकारको प्रस्तुति यति भव्य र दर्शक यति सभ्य होलान् भनेर मैले अनुमान गरेको थिइनँ।’

    कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

    डालासको कन्सर्टमा स्थानीय आयोजकहरूले गरेको लामो समयदेखिको तयारी पनि उत्तिकै प्रभावकारी रूपमा झल्किन्थ्यो।

    ‘हामीले गरेका मेहनतको चिताएभन्दा राम्रो परिणाम प्राप्त भएको छ,’ डालासका आयोजक अनि यो वर्ष ब्यान्डको सिंगो अमेरिका यात्राकै संयोजक विपिन थकालीको प्रतिक्रिया थियो, ‘यति भव्य कन्सर्टमार्फत दर्शक र नेपथ्यको बीचमा साँघु बन्न पाउँदा हामी स्वयं पनि गर्व महसुस गर्न थालेका छौं।’

    आयोजक टोलीकै निश्चल बज्राचार्यले विपिनको कुरामा सहमति जनाउँदै थपे, ‘यो कार्यक्रमले नेपाली कार्यक्रम आयोजनाका लागि नयाँ मापदण्ड खडा गरिदिएको छ।’

    नेपथ्यको अमेरिका यात्राको अघिल्ला चार कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब पाँचौं प्रस्तुतिका लागि नेपथ्य न्यूयोर्क प्रस्थान गर्नेछ। यसअघि पनि पटकपटक आफुलाई यस सहरमा भव्यतासाथ उभ्याइसकेको नेपथ्यले यसपाला म्यानहटनकै फिफ्टी सिक्स्थ स्ट्रिटस्थित ‘टर्मिनल फाइभ’ हलमा कन्सर्ट प्रस्तुत गर्दैछ। त्यहाँ आठ वर्षको अन्तरालपछि अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुन लागेको हो। पहिलो पटक प्रस्तुत हुन लागेको यो हलमा तीन हजार दर्शक अटाउने क्षमता छ।

    न्युयोर्कका नेपाली दर्शकहरूलाई फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्यान्डले लिएको छ।

    न्युयोर्कपछि मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा प्रस्तुत गरेपछि यस वर्षको शृंखलाबद्ध यात्राले विश्राम लिनेछ।

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.