टोकियो । यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउन सक्ने चेतावनी जारी गरिएको छ ।
Advertisement
मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढिरहेको जनाएका हुन् ।
आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनुअघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुने छ ।
जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवा अवरुद्ध गरेको छ भारी बर्षाले प्रसान्त तटमा क्षति पुर्याएको छ ।
यस क्षेत्रमा तटीय रेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो । (रासस/एएफपी)