खलङ्गा । प्युठानको स्वर्गद्वारी–८ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
राजमो प्युठानमा उपाध्यक्ष इमानसिंह खड्काको प्रमुख आतिथ्य तथा शिव पन्थी र मिनराज पुनको विशेष उपस्थितिमा २०८१ भदौ ९ गते आइतबार उक्त भेला सम्पन्न भएको हो ।
भेलाको अध्यक्षता तीर्थमणि पोखेरलले, स्वागत मन्तब्य रुद्रप्रसाद अधिकारी र सञ्चालन घनबहादुर जिएमले गर्नुभएको थियो ।
भेलाले तीर्थमणि पोखरेल अध्यक्ष रहनुभएको नौ पूर्ण, तीन वैकल्पिक र चार सल्लाहकार गरी १६ सदस्यीय राजमोको वडा समिति गठन गरेको छ ।
त्यस्तै, उपाध्यक्षमा बलबहादुर रोका, सचिवमा टीकाराम खत्री, सहसचिवमा माधव अधिकारी र कोषाध्यक्षमा रुद्रप्रसाद अधिकारी रहनुभएको छ ।
समितिको सदस्यमा नामबहादुर गुरुङ, शान्तराम सुनार, कृष्णा अधिकारी, वैकल्पिक सदस्यमा शेरबहादुर खत्री, चोपबहादुर सुनार र घनबहादुर जिएम रहनुभएको छ ।
समितिको सल्लाहकारमा खोपबहादुर राउत, बेगम थापा, विष्णु महतारा र डम्मरबहादुर खत्री रहनुभएको छ ।