• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साफ यू–२० च्याम्पियनसिप : बंगलादेशसँग श्रीलंकाको हार, नेपाल सेमिफाइनल पुग्यो


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । बंगलादेशले मंगलवार श्रीलंकामाथि सहज जित निकाल्दै साफ यू–२० च्याम्पियनसिपमा सुखद् शुरूवात गरेको छ ।

    Advertisement

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह एको खेलमा बंगलादेशले श्रीलंकामाथि २–० को जित निकालेको हो । श्रीलंकाको हारसँगै यो समूहबाट बंगलादेश र नेपाल सेमिफाइनलमा पुगेका छन् ।

    तीन राष्ट्र सम्मिलित समूहमा श्रीलंकाले लगातार दोस्रो हार व्यहोरेपछि सेमिफाइनलमा पुग्ने टोली तय भएको हो । श्रीलंकाले पहिलो खेलमा घरेलु टोली नेपालसँग १–० को हार व्यहोरेको थियो ।

    अब नेपाल र बंगलादेशबीच समूह विजेताका लागि बिहीवार खेल हुनेछ । मंगलवार बंगलादेशले श्रीलंकालाई पहिलो हाफ पूर्ण दबाबमा राखेर खेल्यो ।

    खेलको शुरुवातदेखि नै बंगलादेश लगातार अवसर बुने पनि सफल हुन सकेन । तर १८ औं मिनेटमा बंगलादेशले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै अग्रता लियो ।

    रवि हुसेन राउलले लेफ्ट साइडमा दिएको बललाई पेनाल्टी बक्समा एक्लै रहेका मिराजुल इस्लामले वान टच गोल गरे । २९ औं मिनेटमा रोस्तम इस्लाम डुखु मियाले अग्रता दोब्बर बनाउने अवसर गुमाए । उनले नजिकै बाट गरेको प्रहार आकासिन पुग्यो ।

    बंगलादेशका चन्दन रोयले ३८ औं मिनेटमा करिव २२ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार श्रीलंकाका गोलकिपर अहमेद फुलैलले सहजै रोके ।

    पहिलो हाफको इन्जुरी समयमा बंगलादेशका स्ट्राइकर मिराजुल इस्लाम श्रीलंकाका गोलकिपर फुलैलसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न असफल भए ।

    श्रीलंकाले पहिलो हाफमा खासै राम्रो अवसर बुन्न सकेन । यससँगै पहिलो हाफमा बंगलादेश १–० ले अगाडि रह्यो ।

    दोस्रो हाफमा पहिलो अवसर सिर्जना हुन ५९ औं मिनेट पर्खनुपर्‍यो । स्यान मोहम्मद साहिलले राइट कर्नरबाट गरेको सशक्त प्रहार बंगलादेशका गोलकिपरले पन्च गर्दै आफ्नो टोलीको अग्रता जोगाइराखे ।

    बंगलादेशले ६३औं मिनेटमा कर्नरबाट गरेको प्रहार श्रीलंकाका गोलकिपरले उत्कृष्ट बचाउ गरे । ८५ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो ।

    पियास अहमेद नोभाले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै पेनाल्टी बक्सबाटै उत्कृष्ट गोल गरे । त्यसपछि पनि बंगलादेशले केही अवसर बनाए पनि सफल हुन नसके पनि श्रीलंकामाथि २–० को जित निकाल्यो ।

    बुधवार भूटान र माल्दिभ्सबीच खेल हुनेछ ।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.