• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरिया फर्कने कामदार वैशाख ३० मा उड्ने तयारी


  •   मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
  • जीवन खत्री, सउल । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो । जसमा भिसा अवधि सकिन लागेका नेपाली श्रमिकलाई प्राथमिकता दिने र बाँकीलाई पालैपालो उडाइनेछ भने चर्टर्ड नै भए पनि नेपाल एयरलाइन्सको विमान पहिलोपटक दक्षिण कोरियामा अवतरण हुनेछ ।

    Advertisement

    लकडाउनका कारण बिदा अवधि समाप्त भए पनि कोरिया फर्कन नसक्दा बिदामा नेपाल पुगेका ८०० बढी नेपालीको रोजगारी नै गुम्ने खतरा बढेपछि यहाँका व्यवसायी, समाजसेवी र एनआरएनए कोरियालगायतले कोरिया फर्कनुपर्ने नेपालीलाई फर्काउन नेपाल सरकारलाई अनुरोध गरेका थिए । अनुरोधअनुरुप नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले कोरिया फर्किनुपर्ने नेपाली श्रमिकलाई श्रमिकको आफ्नै खर्चमा कोरिया फर्कन सक्ने निर्णय गरेको थियो ।

    लगत्तै एनआरएनए कोरियाले नेपाल एयरलाइन्सको विमान चार्टर्ड गरी गत अप्रिल ३० तारिखमै उडाउने तयारी गरेको थियो तर दक्षिण कोरिया सरकारको अनुरोधमा नेपाल सरकारले कोरिया फर्कने सम्पूर्ण नेपालीको स्वास्थ्य परीक्षण (-यापिड टेष्ट) गरेर मात्र फर्कनुपर्ने निर्णय गरेपछि मेडिकलका लागि समय लाग्ने भन्दै उक्त उडान रद्द भएको जनाइएको थियो ।

    तत्पश्चात नेपाल एयरलाइन्सले पुनः मे १२ तारिखको लागि उडान गर्ने निर्णयसँगै कोरिया आउन चाहने नेपालीको उडान कहिले होला भन्ने अन्योल हटेको छ । यसका लागि एनआरएनए कोरियाले संयोजन गरेको छ । यसका लागि चरणबद्धरूपमा काम भइरहेको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपालमा पुगेर रोकिएका र आउन चाहने नेपाली एक हजार ४०० बढी छन् । जसमध्ये ८०० बढीले फाराम नै भरेका छन् । तीमध्ये सबैको डाटा एचआरडी कोरियालाई बुझाइनेछ । बुझाइएका डाटाबाट अवस्था हेरी एचआरडी कोरियाले कोरिया फर्किन सक्ने नेपाली श्रमिकको निर्णय लिनेछ । यस अवधिमा नेपालमा रहेका नेपालीले शुक्रराज ट्रपिकल टेकु वा नजिकको -यापिड टेष्ट गराउने अस्पतालबाट -यापिड टेष्ट गराउनुपर्नेछ ।

    टिकटवापत एक लाख १३ हजार ७७५ लाग्ने एनआरएनए कोरियाले जनाएको छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ । फर्किनुअघि कम्पनीसँग कुरा गरी कम्पनीले क्वारेन्टाइनको सुविधा दिन सक्ने वा नसक्ने तथा दिन नसके कोरिया सरकारले सहयोग गर्ने सूचना जारी भएको छ तर क्वारेन्टाइनको खर्च लाग्ने वा नलाग्ने खुलाइएको छैन । यसअघि दिनको एक लाख कोरियन वन तिरेर सरकारी क्वारेन्टाइनमा बस्न सकिने जनाइएको थियो ।

    लकडाउनका कारण काठमाडौँ बाहिर भएकालाई काठमाडौँसम्म आउन समस्या हुनसक्ने भन्दै एनआरएनए कोरियाले गृहमन्त्रालयसँग समन्वय गरी घर नजिकैको शहरबाट यातयातको व्यवस्थासमेत गर्नेछ । तर, उक्त खर्च भने स्वयंले तिर्नुपर्ने बताइएको छ ।

    मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.