• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

राष्ट्र बैङ्कद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक


  •   आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल राष्ट्रय बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

    Advertisement

    आव २०८०/८१ को वार्षिक तथ्याङ्कमाथि आधारित रहेर २०८१ भदौ २ गते आइतबार वेबसाइटमा उक्त वित्तीय स्थिति सार्वजनिक गरिएको हो ।

    औसत मुद्रास्फीति घट्यो

    राष्ट्र बैङ्कले गत आवमा वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको बताएको छ । त्यसमध्ये खाद्य तथा पेयपदार्थको मुद्रास्फीति ६.४७ तथा गैरखाद्य तथा सेवातर्फको मुद्रास्फीति ४.६४ रहेको थियो । गत वर्षको औसत मुद्रास्फीति ७.७४ प्रति रहेको थियो ।

    आयातनिर्यात प्रतिशत घट्यो

    यस वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।

    यस अवधिमा जिङ्क सिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, पिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलैँजा, ब्रान्स, जुटका सामानलगायतको निर्यात बढेको छ ।

    यता, यातायात उपकरण, सवारी साधन तथा स्पेयर्स पार्टपुर्जा, तयारी पोशाक, हवाईजहाजको स्पेयर्स पार्टपुर्जा, विद्युतीय उपकरण, अन्य मेसिनरी पार्टस्लगायत वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, हट रोल्ड सिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामललगायतका वस्तुको आयात घटेको छ ।

    बढ्यो विप्रेषण

    गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपियाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । गत वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशत प्रतिशतले बढेको छ ।

    यस अवधिमा नयाँ श्रमस्वीकृति लिनेको सङ्ख्या ४ लाख ६० हजार १०३ तथा पुनः श्रमस्वीकृति लिनेको सङ्ख्या २ लाख ८१ हजार १९९ रहेको छ । गत वर्ष नयाँ श्रमस्वीकृति लिनेको सङ्ख्या चार लाख ९७ हजार ७०४ र पुनः श्रमस्वीकृति लिनेको सङ्ख्या २ लाख ७७ हजार २७२ रहेको थियो ।

    शोधनान्तर स्थिति बढ्दै

    गत आवमा शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोड रुपियाँले बचतमा रहेको छ । यसभन्दा अघिको वर्षमा शोधनान्तर स्थिति २८५ अर्ब ८२ करोड रुपियाँले बचत रहेको थियो ।

    बढ्यो विदेशी विनिमय सञ्चिति

    विदेशी विनिमय सञ्चिति गत वर्ष १५ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ । यो रकमले १३ महिनाको वस्तु तथा सेवा आयात धन्न सक्ने छ । त्यस्तै, यो रकमले १५.६ महिनाको वस्तु आयात धान्न पर्याप्त मानिएको छ ।

    मुद्रा प्रदाय बढ्यो

    गत आवको मुद्रा प्रदाय १३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त मुद्रा प्रदाय ११.२ प्रतिशत रहेको थियो ।

    बढ्यो निक्षेप तथा कर्जा

    गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३.० प्रतिशतले बढेको छ । गत वर्षमा यस्तो निक्षेप सङ्कलन १२.३ प्रतिशत रहेको थियो ।
    त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह ५.८ प्रतिशतले, विकास बङ्कको कर्जा प्रवाह ५.० प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ७.७ प्रतिशतले बढेको पाइएको छ ।

    कुल निक्षेप

    २०८१ असार महिनाको मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप रु. ६४ खर्ब ५२ अर्ब पुगेको छ । त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जाको रकम रु. ५० खर्ब ७४ अर्ब पुगेको छ ।

    घट्यो ब्याजदर

    गत आवमा ब्याजदर घटेको देखिन्छ । औसत आधार दरमा वाणिज्य बैङ्कको ब्याजदर १०.०३ बाट घटेर ८.०० प्रतिशत, विकास बैङ्कको १२.१५ बाट घटेर ९.७१ प्रतिशत र वित्त कम्पनीको ब्याजदर १३.४१ बाट घटेर ११.२१ प्रतिशत पुगेको छ ।

    त्यस्तै, निक्षेपतर्फको ब्याजदर पनि घटेको छ । यस क्रममा वाणिज्य बैङ्कको ब्याजदर ७.८६ बाट घटेर ५.७७ प्रतिशत, विकास बैङ्कको ९.१४ बाट घटेर ६.६३ प्रतिशत र वित्त कम्पनीको ९.७९ बाट घटेर ७.९३ प्रतिशत पुगेको छ ।

    एवम् प्रकारले कर्जाको ब्याजदर पनि घटेको छ । वाणिज्य बैङ्कको ब्याजदर १२.३० प्रतिशतबाट घटेर ९.९३ प्रतिशत, विकास बैङ्कका ब्याजदर १४.१० बाट घटेर ११.३४ प्रतिशत र वित्त कम्पनीको ब्याजदर १४.८२ बाट घटेर १२.५५ प्रतिशतमा पुगेको छ ।

    बैङ्क तथा वित्तीय संस्थाको पहुँच बढ्दै

    गत एक वर्षमा बैङ्क तथा वित्तीय संस्थाका पहुँच सामान्य रूपले बढेको छ । यस क्रममा वाणिज्य बैङ्कको शाखा ७ बढेर ५०५६, विकास बैङ्कको शाखा ७ बढेर ११३५ र वित्त कम्पनीको शाखा ४ बढेर २८८ पुगेको छ । यता, लघुवित्त वित्तीय संस्थाको शाखा भने ५१ घटेर ५०७७ मा सीमित भएको छ । त्यस्तै, एउटा पूर्वाधार विकास बैङ्क पनि बन्द भएको छ ।

    बढ्यो पुँजीबजार

    पुँजीबजारमा भने गत आवमा केही वृद्धि देखा परेको छ । नेपाल स्टक एक्सचेन्जमा गत वर्षको असारमा २५४ ओटा कम्पनी सूचीकृत भएकोमा अहिले त्यो सङ्ख्या बढेर २७० पुगेको छ । यसमध्ये १३२ बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनी, ९१ ओटा जलविद्युत् कम्पनी, २२ ओटा उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।

    आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • २.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • ३.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ४.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ५.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ६.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ७.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ८.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.