कञ्चनपुर । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि कञ्चनपुरको महाकाली तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ।
Advertisement
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार परियोजनाको बाँधको सिल्ट सफाइ गर्नका लागि बाँधका ढोका खोलिने भएका हुन्।
भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते साँझसम्म बाँध सफा गर्न ढोका खोल्न लागेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जनाए।
बाँध खोलिएपछि महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन भनिएको छ। रासस