• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अमेरिकाको सानफ्रान्सिस्कोमा नेपथ्यको प्रस्तुती


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइसकेपछि सानफ्रान्सिस्कोस्थित विशाल वारफिल्ड हलको दुवै तल्लामा खचाखच भरिएका दर्शक उल्लासमा उफ्रिरहेकै थिए। मञ्चमा भएका कलाकारहरू हातेमालो गर्दै बिदाइ अभिवादनका लागि दर्शक अघिल्तिर बढे। अग्रभागमा रहेको कसैले नेपाली राष्ट्रिय झन्डा हल्लाइरहेको गायक अमृत गुरुङले देखे। साथीहरूलाई यथावत् छाडेर उनी सरासर अघि बढे र त्यो झन्डा समातेर सुरुमा आफूले ओढे अनि बाँकी सदस्यलाई समेत ढाकिदिए। त्यो दृश्यले हजारौँ दर्शकबीच उत्साह र उमंगको भेल बगे जस्तो भयो।

    Advertisement

    ‘यसैगरी खुसी भएर बस्नुस्,’ अमृतले बिदाइको हात हल्लाउँदै भने, ‘नेपाली भाषा र पहिचानलाई जोगाएर बस्नुहोला है।’

    नेपथ्यले थालेको शृंखलाबद्ध अमेरिका यात्राको दोस्रो प्रदर्शन अमेरिकाको पश्चिमी तटीय सहर सानफ्रान्सिस्कोको प्रसिद्ध वारफिल्ड हलमा भव्य रूपमा सम्पन्न भएको छ। यस हलमा ब्यान्ड, दोस्रोपटक प्रस्तुत भएको हो। अघिल्लोपटक आठ वर्षअघि नेपथ्य यसै हलमा उभिएको थियो। सय वर्षभन्दा पहिले सिनेमा देखाउने उद्देश्यका साथ तयार पारिएको यो सिनेमाहल कालान्तरमा मञ्चमा परिणत भयो।

    ‘कार्लोस सान्ताना, डेभिड बोइ, बब डिलन र युटु जस्ता संगीतमा विश्वकै महान् नामहरूले कुनै समय आफूलाई उभ्याइसकेको यो मञ्चमा आज फेरि हामी प्रस्तुत हुँदै छौँ,’ कन्सर्ट सुरु हुनुभन्दा केही समयअघि नेपथ्य ब्यान्डले आफ्नो फेसबुकमार्फत भनेको थियो, ‘यो हाम्रो अहोभाग्य हो।’

    तोकिएको समय अर्थात् शनिबार बेलुकी ठीक सात बजे हलका ढोकाहरू खुला गरिएका थिए भने ठीक नौ बजे वाद्यवादकहरूले निकालेको धुनकै बीच गायक अमृत हलमा प्रवेश गरेर अभिवादनका साथ गाउन सुरु गरे, ‘कोशीको पानी यो जिन्दगानी’। एक घण्टा पहिलेदेखि नै उल्लेख्य संख्यामा दर्शक उपस्थित भइसकेको हलमा पहिलो प्रस्तुतिदेखि नै संगीतप्रेमीहरू जोसिइसकेका थिए। सुरुदेखि नृत्यरत दर्शकहरू अन्तिमसम्म पनि सँगसँगै गाउँदै नाचिरहेकै देखिन्थे।

    ‘मैले नबुझ्ने भाषा भए तापनि असाध्यै रमाइरहेका दर्शकहरू हेरेर यो ब्यान्डको लोकप्रियता अनुमान गर्न सकिन्थ्यो,’ स्थानीय साउन्ड इन्जिनियर फ्रिवे मिग्लियोर भनिरहेका थिए, ‘मिक्सर चलाउँदै गर्दा म पनि नेपथ्यको संगीतमा झुमिरहेको थिएँ।’

    कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’ हुँदै अगाडि बढेपछि अन्तिम लहरमा ‘मै नाचेँ छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो। यसरी ब्यान्डको स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरेर जम्माजम्मी १७ वटा गीत प्रस्तुत गरिएका थिए।

    दर्शकदीर्घामा रहेका रोशनप्रताप राणा भदै थिए, ‘विदेशी भूमिमा, प्रस्तुति, प्रविधि र व्यवस्थापनको हिसाबले यत्तिको व्यवस्थित नेपाली कार्यक्रम हेर्न पाउनु म र मेरो परिवारका लागि गर्वको क्षण थियो। उमेरको हिसाबले तीन पुस्ता सँगै भेला भएर रमाएको देख्दा अद्भुत आनन्द आयो।’

    कन्सर्ट सकिएपछि फर्कंदै गरेका दर्शकमध्ये कतिपयले साथीहरू सँगसँगै नेपथ्यको गीत गाउँदै हिँडेको देखिन्थ्यो। आठ वर्षअघि नेपथ्य यसै हलमा उभिँदा ‘बे एरिया’कै लागि नेपाली संगीतमा ‘माइल स्टोन’ भएकामा अहिले पनि आफ्नो अग्रतालाई स्वयं नेपथ्यले नै नाघेको उनीहरूले प्रतिक्रिया दिए। ‘आजको साँझलाई केवल एउटा शब्दमा भन्न चाहन्छु,’ कन्सर्ट हेरिसकेपछि मोनिका राई चौलागाईंले आफ्नो फेसबुकमा भेडाको ऊनजस्तो गीतको भिडियो राख्दै प्रतिक्रिया लेखेकी छिन्, ‘एक्सिलेन्ट।’

    ‘नेपथ्यको कन्सर्ट मैले झन्डै २० वर्षअघि एउटा विद्यार्थीका रूपमा भक्तपुर दरबार स्क्वायरमा हेर्ने मौका पाएको थिएँ,’ आयोजक बिन्दास इभेन्टका सुदीप थापा भन्छन्, ‘अहिले त्यसै ब्यान्डलाई निम्त्याएर यो भेगमै आजसम्मको सबैभन्दा ठूलो नेपाली कार्यक्रम प्रस्तुत गर्ने आयोजक टोलीमा सम्मिलित हुन पाउँदा जीवनभर नमेटिने गौरवपूर्ण क्षण बन्न पुगेको छ।’

    कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

    ‘विश्वकै अग्ला सांगीतिक हस्तीहरू उभिएको यसै मञ्चमा दोस्रोपटक यति भव्य र सभ्य दर्शकका अघिल्तिर पाइला राख्न पाउँदा अनुगृहीत महसुस गरिरहेको छु,’ ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत भन्छन्, ‘म यो आर्जनलाई तमाम नेपाली संगीतप्रेमीहरूप्रति समर्पित गर्न चाहन्छु।’

    कार्यक्रम अवधिभर आफ्ना सामुन्ने खुसीले रमाइरहेका र उफ्रिरहेका दर्शकतर्फ हेर्दै अमृतले बारम्बार ‘यसैगरी रमाएर बस्नुस् है’ भनेको सुनिन्थ्यो।

    अमेरिका यात्राको अघिल्ला दुई कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अबको तेस्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसमा हुनेछ। त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्यान्डले अगस्ट १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ।

    त्यसपछि क्रमशः डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत हुनेछ।

    अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । त्यसका लागि ब्यान्डको आधिकारिक वेबसाइट मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिने आयोजकले जनाएका छन्।

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.