प्युठान । प्युठानमा नेपाली सेनाले शंकास्पद बस्तु निस्क्रिय पारेको छ ।
Advertisement
बुधबार मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक वनको उपल्लो ताम्मेलामा सो वस्तु फेला परेको थियो ।
उक्त शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको जंगी अडले जनाएको छ ।