दिनेश रैदास, दाङ ।
दाङ । घोराही उपमहानगरपालिकामा वडा नं. १० धैरेनीबाट माया पुनको नेतृत्वमा आठ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरूमा भीमकुमारी डाँगी, बम्बबहादुर घर्ती, हेमराज घर्ती, सरिता गिरी, आशिका घर्ती, अनिता बाँठा र चूडामणि घर्ती पनि हुनुहुन्छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा २०८१ साउन १५ गते मङ्गलबारका दिन उहाँहरू राजमोमा प्रवेश गर्नुभएको हो ।
नवप्रवेशीलाई जिल्ला अध्यक्ष आचार्यले राजमोको सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै आचार्यले समाजमा विद्यमान बेथितिको अन्त्यका लागि राजमोलाई मजबुत बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य मेघराज भट्टराई, चन्द्रबहादुर रावत र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य फनबहादुर घर्तीको पनि उपस्थिति रहेको थियो ।