काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन्।
Advertisement
शनिबार १२ जना मृतकका आफन्तले शव बुझेका छन्। यसअघि प्रहरीले शुक्रबार पाँचवटा शव हस्तान्तरण गरेको थियो ।
गत बुधबार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनामा परेर १८ जनाको निधन भएको थियो।
निधन भएकामध्ये एक जना विदेशीको शव भने दूतावासको समन्वयमा पठाउने तयारी थालिएको छ।
दुर्घटनामा परेर सौर्य एयरलाइन्सकै कर्मचारी रहेका यमनका नागरिक अरेफ रेडाको पनि मृत्यु भएको थियो।
विमानमा १९ जना सवार थिए।
पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्यवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।