काठमाडौं । मालदिभ्समा जारी काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले कास्य पदकमा चित्त बुझाएको छ ।
Advertisement
मंगलबार भएको तेस्रो स्थानको खेलमा घरेलु टोलीलाई सोझो सेटमा पराजित गर्दै नेपालले कास्य पदक जितेको हो।
नेपालले आयोजक मालदिभ्सलाई २५–१५,२५–१० र २५–१४ पाखा लगाएको हो। चार टोली सहभागी च्याम्पियनसिपमा घरेलु टोली भने जित विहिन बन्यो।
लिग चरणमा पनि नेपालले मालदिभ्सलाई सोझो सेटमा नै पराजित गरेको थियो।
नेपालले पहिलो खेलमा श्रीलंकासँग ३–१ र दोस्रो खेलमा कीर्गिस्तनसँग सोझो सेटमा पराजित भएको थियो।
सेमिफाइनल खेलमा पनि नेपाल किर्गिजस्तानसँग सोझो सेटमा नै पराजित भएको थियो।