• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

१३१ औँ मे दिवसमा अन्टुकको शुभकामना


  •   शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । १३१ औँ मे दिवसको अवसरमा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) ले शुभकामना व्यक्त गरेको छ । लकडाउनका कारण भव्य रूपमा मे दिवस मनाउने पूर्व योजना कार्यान्वयन गर्न नसकिएको भन्दै अन्टुकले प्रेसवक्तव्य मार्फत् शुभकामना दिएको हो ।

    Advertisement

    अन्टुकका अध्यक्ष नारायण सापकोटाको हस्ताक्षरमा २०७७ वैशाख १९ तदनुसार मे १, २०२० मा जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ । मे दिवस मजदुरको एकता, बलिदानी र विजयको प्रतीक बताउँदै वक्तव्यमा नेपालमा भने मजदुर तथा श्रमिकको समस्या अझै गम्भीर रूपमा विद्यमान रहेको बताइएको छ । तत्कालका लागि लकडाउनका कारण उत्पन्न समस्या समाधान गर्न तथा त्यसपछि मजदुरका गम्भीर प्रकृतिको समस्या समाधान गर्न माग गरिएको सो वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ :

    “आज मजदुरहरूको महान् पर्व १३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस हो । हामी मे आन्दोलनलगायत सर्वहारा वर्गीय मुक्ति आन्दोलनका सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण श्रमिक मित्र एवम् न्यायप्रेमी जनसमुदायमा शुभकामना प्रकट गर्दछौँ ।

    मे दिवस श्रमिकले ८ घण्टाको कार्यदिवसका लागि आजभन्दा १३४ वर्षपहिले १८८६ मे १ मा बलिदानी सङ्घर्ष सुरु गरेको ऐतिहासिक दिन हो । अमेरिकाको सिकागो शहरका मजदुरले लगातार प्रदर्शन गरे । उक्त प्रदर्शनमाथि सरकारले निर्मम दमन ग¥यो । प्रहरीको गोलीबाट कैयौँ मजदुरले सहादत प्राप्त गरे भने सयौँ मजदुर घाइते बने । कैयौँलाई झुटा मुद्दा चलाएर फाँसी दिइयो । तर मजदुर वर्गको आन्दोलन रोकिएन । आगोको ज्वाला झैँ अमेरिकाका अन्य शहर तथा युरोपभरि फैलियो । यही बलिदानी सङ्घर्षको सम्मान गर्दै र सङ्घर्षलाई अझ उचाइमा पु¥याउन आह्वान गर्दै १८८९ मा पेरिसमा सम्पन्न समाजवादीहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई व्यापक प्रदर्शनसहित मे दिवसको रूपमा मनाउने निर्णय ग¥यो । त्यसपछि १९९० देखि प्रत्येक वर्ष मे दिवस विश्वव्यापी रूपमा मनाउन सुरु भयो । केही वर्षको सङ्घर्षले सफलता प्राप्त भयो । अमेरिकामा ८ घण्टाको कार्यदिनले कानुनी मान्यता प्राप्त ग¥यो । त्यसकारण मे दिवस मजदुर वर्गको एकता, बलिदानी एवम् विजयको प्रतीकको दिन हो ।

    आज यो महान् पर्व भव्यतापूर्वक मनाउने दिनमा संसारका श्रमिकहरू दोहोरो मारमा परेका छन् । एकातर्फ, साम्राज्यवादद्वारा सृजित युद्ध, हस्तक्षेप, आर्थिक सङ्कट, पुँजीको केन्द्रीकरण आदि कारणले लाखौँ मानिसको अकाल मृत्यु भएको छ, घाइते बनेका छन्, करोडौँ मानिस घरवारविहीन र शरणार्थी बन्न पुगेका छन्, करोडौँ बेरोजगार बनेका छन् भने मजदुरहरूको सेवा र सुविधा कटौती भएको छ । अर्कोतर्फ, कोरोना भाइरस सङ्क्रमणको निहुँमा समेत विश्वव्यापी रूपमा श्रमिकलाई कामबाट हटाउने कार्य भएको छ । मजदुरहरू भोकभोकै प्रताडित हुनुपरेको छ । श्रमिकको बाँच्न पाउने अधिकार कुण्ठित भएको छ । आज प्रवासी नेपाली श्रमिकको समेत बिचल्ली भएको छ । सङ्कटका बेला मजदुरलाई कामबाट निकाल्ने र अलपत्र पार्ने अमानवीय कार्यको हामी भत्र्सना गर्दछौँ । विदेशमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीको तत्काल उद्धारका निमित्त सरकारसमक्ष माग गर्दछौँ ।

    नेपालमा आज पनि श्रमिकहरू अस्थायी, करार र ज्यालादारीमा, अनि न्यून तलबमा काम गर्न बाध्य छन् । अनौपचारिक (असङ्गठित) क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाको कुनै प्रबन्ध छैन । औपचारिक क्षेत्रको सामाजिक सुरक्षा अपूर्ण छ, जुन प्रभावकारी कार्यान्वयन भएको छैन । संविधानमा व्यवस्था गरिएको नागरिकका मौलिक हक शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्यान्नको अधिकार कागजमा मात्र सीमित छन् । देशको अर्थतन्त्रमा परनिर्भरता बढ्दो छ । भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको छ । उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने सङ्कल्प र योजना छैन । कोरोना सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीको कारण काम बन्द भएपछि श्रमिकको दैनिकी कष्टकर बनेको छ । यस्तो सङ्कटमा सरकार भने अहङ्कार र आन्तरिक सत्ताद्वन्द्वमा फसिरहेको छ, जो निन्दनीय छ ।

    बन्दाबन्दीका कारण रोजगारी बन्द भएका मजदुर एवम् न्यून आय भएका जनतालाई तत्काल प्रभावकारी राहत र पुनस्र्थापनाको व्यवस्था, बिरामीको सुलभ उपचारको व्यवस्था, श्रमिकको न्यूनतम तलब नेपाल सरकारको कार्यालय सहयोगीसरह हुने गरी वृद्धि, सबै श्रमिकको स्थायी नियुक्ति, सामाजिक सुरक्षाको प्रबन्ध, उत्पादन र रोजगारी वृद्धि गर्ने क्षेत्रमा सरकारको लगानीको व्यवस्था, श्रमिक विरोधी ऐनकानुन खारेजी, कार्यरत स्थानबाट मतदानको व्यवस्था आदि हाम्रा आजको मुख्य सरकोकारका विषय हुन् ।

    लकडाउनका कारण आजको मे दिवस भव्य रूपमा मनाउन सम्भव भएन । तैपनि विद्युतीय प्रविधिको आधारमा अन्तरक्रिया र शुभकामना आदानप्रदान गर्ने प्रयत्न हुने छ । उच्च मनोबल, सतर्कता, अनुशासन, सक्रिय दैनिकी र एकताबाट नै हामी यो सङ्क्रमण र मृत्युको भयबाट बच्च सफल हुने छौँ । मानव तथा प्रकृतिबाट सृजित सबै प्रकारको सङ्कट र शोषणबाट मुक्तिको सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउन र समानताको दिन ल्याउन सफल हुने छौँ । मे दिवसको इतिहासले हामीलाई यही शिक्षा दिएको छ । अन्तमा पुनः आर्दिक शुभकामना व्यक्त गर्दछौँ ।”

    शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.