नवलपरासी (पूर्व) । अखिल (छैठौं) नवलपरासी (पूर्व) को अध्यक्षमा स्वीकृति रसाइली चयन हुनुभएको छ ।
शनिबार (साउन ५ गते) भएको भेलाले रसाइलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
उपाध्यक्षमा वर्षा पोखरेल, सचिव मनोज बराल र कोषाध्यक्षमा सविना नेपाली चयन हुनुभएको छ ।
जिल्ला समितिका सदस्यहरूमा सन्देश रसाइली, स्मृति सापकोटा, मुना निउरे, आशा विष्ट, हिरामणि सापकोटा, अंशु गिरी, सन्ध्या भण्डारी, मन्जु कार्की, राधा महतो, सफलता ढुंगाना, अञ्जना बोहरा, वर्षा भुसाल र आभुस गिरी रहनुभएको छ ।
अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरू शालिकराम सापकोटा, थुमराज ढुङ्गाना, भागिरथ शर्मा, गिरबहादुर महतरा, लक्ष्मी रसाइली, गोविन्द अम्माई लगायतको उपस्थिति रहेको थियो ।
श्रीकृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष स्वीकृति रसाइलीले प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।