धनगढी । कैलालीको टीकापुरमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
Advertisement
राजमो कैलालीका उपाध्यक्ष मिलन शाही र सचिव मेर्जन शाहीको उपस्थितिमा २०८१ साउन ५ गते उक्त भेला सम्पन्न भएको हो ।
ज्येष्ठ सदस्य देविलाल सञ्ज्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले देविदास सञ्ज्याल अध्यक्ष रहनुभएको राजमोको नगर समिति चयन गरेको छ ।
समितिको सचिवमा विनोद केसी, कोषाध्यक्षमा रेखा सञ्ज्याल, सदस्यहरूमा देविदास सञ्ज्याल र टङ्क शाही रहनुभएको छ ।
त्यस्तै, सल्लाहकारमा रामकृष्ण रेग्मी र जसुदा सञ्ज्याल रहनुभएको छ ।