काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पहिलो दुई वर्ष केपी शर्मा ओली र बाँकी समय शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमती भएको खुलेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको खुलासा गरेका हुन् ।
बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारे ।
उनले नेपाली कांग्रेस र नेकपा ९एमाले०का बीचमा भएको सहमतीका आधारमा बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे ।
मन्त्री दाहालले भने, ‘अघिल्लो दुई वर्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ। त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ ।’
उनले कांग्रेस र एमालेका बीचमा भएको सहमती नलुकाइएको पनि दाबी गरे । मन्त्री दाहालले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरु मिलेर सरकार बनाएको बताए ।
उनले भने, ‘यो अन्तिम हो किनभने दुईवटा ठूला दल मिलेर सरकार बनेको छ। अब यहाँभन्दा हुने त केही छैन ।
५/७ वटा दलहरू मिलेर सरकार बन्दाखेरी कहिले सरकार ढल्ने होरु त्यही भइपनि राखेको छ। कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने। यो भएपछि अब हामीले एउटा प्रतिवद्धता गरौँ भनेर दुईवटा ठुला दलहरु र यो खुला पनि छ। पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन ।’
मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताए ।