खलङ्गा । प्युठानको झिमरुक–३ कुटेडाँडामा अखिल (छैठौं) ले वृक्षारोपण र प्रशिक्षणसँगै एकाइ समिति गठन गरेको छ ।
अखिल (छैठौं) प्युठानका कोषाध्यक्ष तथा झिमरुक गौमुखी बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष रजत जिसी, जिल्ला सदस्य माधवराज विश्वकर्मा, विद्यार्थी नेता विकल्प विश्वकर्मा र सुरेश विश्वकर्माको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
साविक ओखरकोट गाउँ विकास समितिको वडा नम्बर ४ र ५ का विद्यार्थीहरूको सहभागितामा श्री बालज्योति नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा २०८१ असार २९ गते शनिबार उक्त कार्यक्रमअन्तर्गत वृक्षारोपण कार्य पनि सम्पन्न भएको थियो ।
स्कुलमा वृक्षारोपण गर्ने, त्यसको संरक्षकत्व गर्ने, विद्यार्थीले खटेर पढ्नुपर्ने, पढाइभन्दा ठुलो केही छैन, विद्यार्थी आन्दोलनको इतिहास पढ्नुपर्छ र सामाजिक कार्य गर्दै समाजसेवी बन्नुपर्दछ भन्ने तथ्यमा जोड दिँदै कार्यक्रममा प्रशिक्षणसमेत दिइएको थियो ।

सोही कार्यक्रममा अखिल (छैठौं) को टोलस्तरीय समितिसमेत गठन गरिएको थियो ।
गठित समितिको अध्यक्षमा विकास विक, वरिष्ठ उपाध्यक्षमा सुशील विक, सहउपाध्यक्षमा रन्जित विक, सचिवमा सिरिसा जिसी, सहसचिवमा माया विक र कोषाध्यक्षमा प्रताप विक रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा चरण विक, जलजला विक, मनिसा विक, शिवानी विक, विशाल जिसी, व्रज जिसी, मोहन जिसी, सन्देश जिसी, अङ्कित विक, नवीन विक, उर्मिला परियार, करिना विक, राहुल विक, धिराज विक, अजित विक र राम जिसी रहनुभएको छ ।
त्यसैगरी सल्लाहकारहरूमा सरिता विक, अस्मिता विक, सुरेश विक, सन्दीप विक र रविन जिसी रहनुभएको छ ।
