काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बालुखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसनल स्कुल एसईईमा राम्रो नतिजा निकाल्ने विद्यालय अन्तर्गत परेको छ ।
काठमाडौं जिल्ला शिक्षा समन्वय समितिले प्रकाशन गरेको सूचीअनुसार फेरिल्याण्ड बूढानीलकण्ठ नगरपालिकाका उत्कृष्ट ६ वटा विद्यालयभित्र समेटिएको हो ।
विद्यालयका प्रधानाध्यापक विष्णुचन्द्र अधिकारीका अनुसार नगरपालिकाभित्र चौथो र वडामा दोस्रो स्थानमा परेको छ । यो विद्यालयबाट यसवर्ष ४० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ३२ जनाले ‘ए प्लस’ र र ८ जनाले ‘ए’ ग्रेड ल्याएका थिए ।
एसईईको औसत जीपीएका आधारमा बूढानीलकण्ड–११ मा रहेको दिक्षालय नेपाल फाउन्डेसन ३.८३ जीपीएसहित प्रथम बनेको छ।
त्यस्तै, वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमी ३.७६जीपीएसहित दोश्रो र नेसनल ब्लुमिङ फ्लावर एकेडेमी (३.७२) तेस्रो स्थानमा रहेका छन् ।
जिल्ला शिक्षा समन्वय समितिले प्रकाशन गरेको एसईई परीक्षाको विष्शेषित नतिजा अनुसार फेरिल्याण्ड स्कुल ३ं७१ जीपीएसहित चौथो स्थानमा परेको हो ।
यसैगरी वडा नं १२ मा रहेको काठमाडौं विद्यालय पनि समान औसत जीपीए (३.७१) सहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै, नगरपालिकाको वडा नं ५ मा रहेको बूढानिलकण्ठ स्कुल (३.६९) पाचौँ र वडा नं १० मा रहेको जोसेफ मावि (३.६८) छैटौं स्थानमा रहेका छन् ।