काठमाडौं । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराकासाथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ ।
Advertisement
विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्ने गर्दछ ।
खेलकुद सप्ताहमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत करिब दुई हजार विद्यार्थी संलग्न रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिष झाले जानकारी दिए ।
खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवल लगायतका दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहररूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिताको फाइनल सकिँदै जाँदा विजयी विद्यार्थीलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।