काठमाडौं । बारामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Advertisement
मलंगवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना४ ख ७१९४ नम्बरको यात्रुवाहक बस जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका १३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
गम्भीर घाइते २ जनालाई तत्कालै उपचारका लागि सशस्त्र प्रहरीको गाडी र अन्य घाइतेहरूलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
३१ जना यात्रु सवार सो बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। ।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं। ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार कार्यमा जुटेको थियो ।