• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बाढीपहिराले देशैभरिका भौतिक संरचनामा क्षति


  •   बिहिबार, असार २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् ।

    Advertisement

    लमजुङ, दाङ, चितवन, बागलुङ, पर्वत, उदयपुरलगायत देशैभरिका विभिन्न सडक अवरुद्ध भएका हुन् ।

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गे पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।

    पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

    पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ । सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्ने छ ।

    यसैबिच, स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक यो सडकबाट यात्रा अनुरोध गरेको छ ।

    मालढुङ्गा–बेनी सडक अवरुद्ध

    म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक अवरुद्ध भएको छ ।

    गएरातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो ।

    मालढुङ्गादेखि बेनीसम्मको १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका–१ मालढुङ्गा नजिकै भिरबाट ढिस्कोसहितको पहरो खसको छ । त्यसैगरी, जलजला गाउँपलिका–८ स्थित फनफनेमा पनि सडक अवरुद्ध भएको हो ।

    पर्वतमा पहिराले छ घर पुरिए

    पर्वतको मोदी गाउँपालिकामा छओटा घर पुरिएका छन् । मोदी गाउँपालिका–२ देउपुरको जरुवाका ६ घर पुरिएका छन् भने जोखिममा रहेका अन्य नौ परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    बुधवार दिउँसोदेखि नै पहिरो खसेको हो । कुश्मा नगरपालिका– ११ पकुवाको छापामा पनि एउटा घर पुरिएको प्रहरीले जनाएको छ ।

    गाईघाट–दिक्तेल सडक अवरुद्ध

    उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १४ को रातमाटे डाँडामा पहिरो खस्दा गाईघाट दिक्तेल सडक अवरुद्ध भएको छ । बुधबार अपराह्नदेखि उक्त सडक अवरुद्ध भएको हो ।

    एम्बुलेन्सलागयत अत्यावश्यक सवारीका साधन सञ्चालन गराउने प्रयास जारी छ । जिल्ला प्रशासन कार्यलय, त्रियुगा नगरपालिका र गाईघाट–दिक्तेल सडक कार्यालयले एकीकृत प्रयास गरिरहेका छन् ।

    मध्यपहाडी राजमार्ग बन्द

    पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको काठेखोला गाउँपालिका–६ बयलडाँडास्थित सडकमा पहिरो खस्दा मध्यपहाडी पुष्पलाल राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

    बेँसीसहर–चामे सडक पनि खुलेन

    लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक दश दिनदेखि बन्द छ । बाढीले मनाङको चामे गाउँपालिका–१ तिमाङखोलाको पक्की पुल बगाएपछि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छैनन् ।

    २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । दुई वर्षअघि त्यहाँ मोटरेवल पक्की पुल निर्माण गरिएको थियो ।

    पथान्तरणमा क्षति

    बाढीका कारण घोराही–तुलसीपुर र घोराही सडक पनि अवरुद्ध भएको छ । पुल निर्माण जारी रहेको घोराही–तुलसीपुर खण्डमा गरिएको पथान्तरण बाढीमा बगेपछि उक्त सडक बन्द भएको हो । (रासस)

    बिहिबार, असार २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.