नेपालगञ्ज । अखिल नेपाल किसान महासङ्घ (अप्फा) बाँकेले कृषिमलको विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
महासचिव तुलसी सापकोटाको नेतृत्वमा २०८१ असार २५ गते मङ्गलबार जिल्ला प्रशासन कार्यालय पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो ।
प्रतिनिधिमण्डलमा अप्फा बाँकेका अध्यक्ष तिलकराज पौडेल, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे र राष्ट्रिय जनमोर्चाका बाँकेका नेता जगदीश ढकालको समेत सहभागिता रहेको थियो ।
महासचिव सापकोटाका अनुसार आज देशैभरिका अप्फाका जिल्ला समितिले सम्बन्धित प्रजिअमार्फत् प्र्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन् ।