• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सहकारी समस्या समाधानका लागि काशीराज दाहालका तीन सुझाव


  •   मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
  • काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष काशीराज दाहालले सहकारीका समस्या समाधान गर्न तीनवटा सुझाव दिएका छन् ।

    Advertisement

    २०७८ चैत २४ गतेको मन्त्रिपरिषद बैठकबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष बनेका दाहालले करिब दुई वर्षको अध्ययनपछि तीन निष्कर्ष निकालेका हुन् ।

    गएको शनिबार (२२ असारमा) राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको ‘सहकारी रकम अपलचन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रममार्फत दाहालले आफ्ना सुझाव सार्वजनिक गरेका थिए ।

    दाहालका अनुसार सहकारी ठगी रोक्न पहिलो– अधिकारसम्पन्न सहकारी छानबिन आयोग गठन गरिनुपर्दछ । खालि रिपोर्ट दिने होइन, कार्यकारी अधिकारसमेतको आयोग चाहिन्छ । कानुन नभएर अध्यादेश ल्याएर भए पनि ठगी नियन्त्रण गरिनुपर्दछ ।

    दोस्रो– हिनामिना भएको बचतकर्ताको रकम फिर्ता गर्न सहकारीबाट प्राप्त कर सङ्कलन गरेर एउटा कोष निर्माण गरिनुपर्दछ । तत्काल उक्त कोषबाट पीडितको रकम फिर्ता गर्ने, पछि दोषीबाट असुलउपर गरेर उक्त कोष परिपूर्ति गरिनुपर्दछ ।

    र, तेस्रो– सहकारीको रकम अनुत्पादक क्षेत्रमा लगानी गरिनुहुँदैन । तत्कालका लागि बैंक तथा वित्तीय संस्थाले यस्ता क्षेत्रमा लगानी भएका ऋण सावा मात्र लिएर मिनाहा गरिदिनुपर्दछ ।’

    दाहालले सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाए पनि आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा काम गर्न समस्या भएको गुनासो गरे । समितिले प्रहरी निरीक्षक सहितको टोलीको माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

    उनले सहकारीमा परिवारको एकाधिकार भएको, सहकारी ठगलाई विदेश भाग्ने मौका दिइएकोमा पनि त्यसलाई नियन्त्रण गर्न माग गरे ।

    अध्यक्ष दाहालले सहकारीको नियमन गर्न प्रभावकारी संयन्त्र स्थापना हुन नसकेका कारण करिब ५ सय सहकारीमा समस्या देखिएको बताए ।

    उनले देशभरमा करिब १ प्रतिशत सहकारी संघ, १९ प्रतिशत प्रदेश र ८० प्रतिशत सहकारी पालीका अन्तर्गत सञ्चालन भइरहेको जानकारी दिए ।

    अध्यक्ष दाहालले सहकारीको सञ्चालकहरूले नियम अनुसार सञ्चालन गर्न नसक्दा र अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या देखिएको बताए ।

    उनले अहिलेको सहकारी समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको वर्गीकरण गर्नुपर्ने र रेड जोनमा रहेका सहकारी सञ्चालनलाई कानून बनाएर कारबाही गर्न सुझाव दिए । अन्य सहकारीलाई कार्य योजना बनाएर समस्या समाधानतर्फ उन्मुख गर्नुपर्ने उनले बताए ।

     

    मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.