• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

आरडीटी किट विश्वसनीय नभएपछि भारतले प्रयोगमा रोक लगायो


  •   मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित
  • नयाँदिल्ली । कोरोना परीक्षणका लागि चीनमा निर्मित आरडीटी किट भारतले प्रयोग गर्न रोकेको छ । आरडीटी किटबाट परीक्षणको नतिजा विश्वसनीय नभएको भन्दै भारतले प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । भारतीय आर्युविज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले चिनियाँ वन्डफो ब्राण्डका आरडीटी परीक्षणको नतिजा विश्वसनीय नभएको भन्दै प्रयोगमा रोक लगाउने निर्णय गरेको हो।

    Advertisement

    आईसीएमआरले ग्वान्जाउ वन्डफो बायोटेक र जुहाई लिब्जन ब्राण्डका आरडीटी किटको नतिजाप्रति विभिन्न राज्यहरुमा प्रश्न उठेपछि तिनीहरुको गुणस्तर परीक्षण गरेको थियो । उक्त परीक्षणको नतिजा विश्वसनीय नपाएपछि तिनको प्रयोग तत्काल बन्द गर्न र आपूर्तिकर्तालाई तत्काल फिर्ता गर्न आईसीएमआरले सूचना जारी गरेको छ।

    कोभिड १९ को परीक्षणका लागि पीसीआर विधि नै भरपर्दो र उत्तम भएकोले सोही विधि अपनाउन सिफारिस गरिएको छ ।

    नेपालमा भने ओम्नी ग्रुपले भित्र्याएको सो किटलाई प्रयोग गर्न सरकारले नै दबाब दिइरहेको छ । विज्ञहरुले आरडीटीको प्रयोग अविश्वसनीय भएको बताइरहेपनि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले स्वास्थ्य सेवा विभागसँगको सम्झौताभन्दा बढी ल्याएको २५ हजार आरडीटी खरिद गराउन सरकारी निकायहरुबाटै गैर सरकारी संस्थामाथि दबाब दिएको खुलासा भएको छ । उक्त किटको मूल्य करिब तीन करोड रुपैयाँ बराबर छ।

    हालै राष्ट्रिय मानवअधिकार आयोगले समेत आरडीटी परीक्षण रोक्न सरकारसँग आग्रह गरेको थियो । यस्तै, स्वास्थ्य क्षेत्रका विज्ञहरुले पनि आरडीटी परीक्षण रोकेर पीसीआर विधि अपनाउन आग्रह गरिरहे पनि सरकारले आरडीटी परीक्षणलाई तिब्रता दिएको छ ।

    नेपालमा सोमबारसम्म ५३ हजार ५ सय ३४ जनाको नमुना परीक्षण भएकोमा पीसीआर विधिबाट जम्मा १० हजार ४ सय ७१ र आरडिटी विधिबाट ४३ हजार ८३ जनाको परीक्षण भएको छ ।

    चीनमा उत्पादित आरडीटी किटको विश्वसनीयतामाथि भारतमा मात्र नभएर अन्य मुलुकहरुमा पनि प्रश्न उठ्दै आएको छ ।

    मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने व्यवस्था हुँदै
    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.