• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रवासी जीवन सङ्घर्ष र सफलताका गाथा समेटिएको ‘पेम्बाको स्वर्ग’


  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । प्रवासी जीवन सङ्घर्ष र सफलताका गाथा समेटिएको ‘पेम्बाको स्वर्ग’ नामक पुस्तक सार्वजनिक भएको छ । उपन्यासकार केनी पाण्डेले लामो समय अमेरिका बसाइँ र जीवन भोगाइका यावत विषयलाई समेटर उक्त कृति प्रकाशन गरेका हुन् । आज आयोजित एक कार्यक्रममा कृतिको विमोचन गर्दै चलचित्र निर्देशक यादव खरेलले एक कर्मठ नेपालीको अमेरिकामा सङ्घर्ष र सफलता जोडर मातृभूमिप्रतिको अगाध प्रेमलाई दर्शाएको बताए ।

    Advertisement

    उनले भौगोलिक, सांस्कृतिक, भाषिक विविधतायुक्त मुलुक नेपाल विश्वकै आकर्षक गन्तव्य रहेको भन्दै पुस्तकका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
    ‘सांसारिक सुख, मोह र समृद्धिभन्दा ठूलो आफ्नै मुलुक हो भन्ने देशप्रेमको गाथालाई पुस्तकले उल्लेख गरेको छ, पुस्तक यथार्थपरक र पुस्तक उपयोगी छ’, खरेलले भने ।

    पूर्वसचिव डा द्वारिकानाथ ढुङ्गेलले पेम्बाको स्वर्ग पठनीय दस्तावेज भएको बताए । प्रा डा सुरेन्द्र केसीले पेम्बाको स्वर्ग नेपाली साहित्यका क्षेत्रमा सङ्ग्रह गर्न लायक पुस्तक भएको बताए ।

    पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पुस्तकले नेपालको धेरै गन्तव्य, रहनसहन र संस्कृतिको वर्णन गरेकाले यसबाट मुलुकको पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे । यस्तै, प्राध्यापक प्रचण्ड प्रधानले प्रवासी जीवन र समाज परिवर्तनबारे पुस्तकले यथार्थपरक वर्णन गरेको बतारे ।

    लेखक पाण्डेले नेपाल वायुसेवा निगम, फ्रान्सेली वायुसेवा र अमेरिकन एक्सप्रेससँगको समबद्धताका नेपाललाई पर्यटन गन्तव्यका रुपमा प्रवर्द्धन गर्न विश्वका विभिन्न मुलुकमा प्रचारप्रसार गरे । पुस्तकले मूलतः नेपाली र अमेरिकी संस्कृतिमा हुर्केका युवायुवतीबीचको प्रेम र सांस्कृतिक भिन्नताको कहानी बोलेको छ । उपन्यासको नायक पेम्बा आफू जन्मे–हुर्केको ठाउँ नेपालको दुर्गम हिमाली भेगलाई स्वर्ग मान्छन् ।

    अमेरिका बसाइँका बाध्यता, त्यहाँको रहनसहन र संस्कृति तथा सामाजिक परिवेश बुझ्दै र भोग्दैजाँदा चाँडै नेपालप्रेम र मोह पुनर्ताजगी हुन्छ र उपन्यासका पात्रले नेपाल फर्कने निधो गर्छन् ।

    उपन्यासकी नायिका ‘लिनडा’ अमेरिकामा हुर्के–बढेकी हुन् । उनलाई अमेरिका प्यारो छ तर नेपालको पैदलयात्राका क्रममा यहाँको प्राकृतिक सुन्दरता, मानिसको व्यवहार र सांस्कृतिक वैभव देखेपछि अमेरिकाभन्दा नेपाल स्वर्ग छ भन्ने लाग्छ ।

    पुस्तकले पूर्वीय र पाश्चात्य सांस्कृतिक अन्तरघुलनबाट सिर्जित समस्याहरु तथा पश्चिमी समाजको बैबाहिक जीवन, संस्कार, प्रेमसम्बन्ध आदिलाई पुस्तकले उजागर गरेको छ ।

    साथै, संसारका अनेक संस्कृतिको चित्रण पनि पुस्तकमा भेटिन्छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तक तीन सय पृष्ठको छ । ‘पेम्बाको स्वर्ग’ अङ्ग्रेजी संस्करणलाई धीर भण्डारी र रुपेन्द्र पोखरेलले नेपाली अनुवाद गरेका हुन् ।रासस

    बुधबार, असार १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.