• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संसद्कै झल्को दिने गरी लुम्बिनी नमुना युवा प्रदेशसभा अभ्यास


  •   मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
  • बुटवल । लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय नगर युवा प्रदेशसभा अभ्यास सम्पन्न भएको छ ।

    Advertisement

    २०८१ जेठ ८ गतेदेखि सुरु भएको संसदीय अभ्यास कार्यक्रम असार ११ गते समापन भएको हो ।

    युवालाई देशको संविधान, नियमकानुन, संसदीय व्यवस्थाको अभ्यास र अनुशासन सिकाई भविष्यमा नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि राष्ट्रिय युवा परिषद्को समन्वय र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले चार दिने नमुना युवा प्रदेशसभा–२०८१ सञ्चालन गरेको हो ।

    चार दिनेसम्म चलेको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका सबै स्थानीय तहको गाउँ/नगरसभाबाट छनोट भएर आएका युवाको प्रतिनिधित्व गर्ने ४३ जना युवामध्येबाट प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख विभिन्न मन्त्रालयका मन्त्री सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रही असार १० देखि प्रदेशसभा सञ्चालन गरेर आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम, बजेट र विभिन्न विधेयकलाई पास गर्दै लुम्बिनी प्रदेशसभाको डेमो प्रस्तुत गरेका थिए ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै युवा परिषद्का उपाध्यक्ष गोविन्दबहादुर खत्रीले युवाको क्षमता र योग्यता पहिचान गरी मेरो देश म बनाउँछु भन्ने उद्देश्यले समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न अनुरोध गरे ।

    कार्यक्रममा संवैधानिक पदमा रहेका लुम्बिनी प्रदेश सांसद तथा पूर्व संविधान सभा सदस्य पूर्वमन्त्री इन्द्रजित थारूले लोकतान्त्रिक प्रणाली शासकीय स्वरूप र राज्यसञ्चालनको प्रक्रिया, सरकार निर्माण प्रक्रिया, बजेट निर्माण, प्रदेशसभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिच अन्तरसम्बन्धलगायतका विषयमा सहजीकरण गरेका थिए ।

    सहभागीका अनुसार यस संसदीय अभ्यास कार्यक्रममार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनीतिक र लोकतान्त्रिक प्रणालीका बारेमा विस्तृत ज्ञान लिन पाएको बताएका छन् ।

    यससँगै संसदीय अभ्यास गर्दै गर्दा आफूमा क्षमता अभिवृद्धि, भाषणकला, आत्मबल तथा राज्य र राजनीतिक ज्ञानसिपको विकास भएको महसुस भएको बताए ।

    युवालाई नमुना युवा प्रदेशसभा अभ्यासका विभिन्न शत्रमा सामाजिक विकास मन्त्रालयका कर्मचारी डम्बर खराल, प्रशिक्षक प्रकाश उपाध्याय, परिषद्का सदस्य रिया बस्नेत र सरोज खनाललगायतले बोल्दै यस्ता कार्यक्रमले, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, सङ्घीयता र युवाका मुद्दा, सरकारले युवाको नेतृत्व विकास, लोकतान्त्रिक शासन प्रणाली सुशासनसम्बन्धी युवा सशक्तीकरणका लागि सैद्धान्तिक र व्यावहारिक अभ्यासस्वरूप नमुना युवा सांसद अभ्यासको अवधारणा सङ्घीय सरकारले ल्याएको बताउँदै प्रदेश र स्थानीय तहले पनि युवामैत्री नगरको अवधारणासहित यस्ता संसदीय अभ्यास कार्यक्रमको सुरुवात गरेकोप्रति सरकारलाई धन्यवाद दिँदै युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्ने बताए ।

    युवा परिषद्को कार्यविधिअनुसार पहिलो चरणमा स्थानीय तहमा नगर/गाउँसभाको अभ्यास गराइन्छ । नगर/गाउँसभाबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराइन्छ र प्रदेश युवा छनौट गरी सङ्घमा पठाइने आयोजकले बताए ।

    युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो ।

    मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.