काठमाडौं । आन्दोलनरत ट्यारू्कर व्यवसायी र सरकारबीच सहमति जुटेको छ ।
सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल आयल निगम र मन्त्रालयका पदाधिकारीबीच छलफल भएको थियो।
छलफलपछि १५ दिनभित्र मागहरू पूरा गर्नेगरी ४ बुँदे सहमति जुटेको हो। माग पूरा गर्ने सहमति भएसँगै आइतबारदेखि जारी अवरुद्ध अन्त्य हुने जनाइएको छ। छलफलपछि आयोजित पत्रकार सम्मेलनमा आजैबाट बन्द रहेका पेट्रोल पम्प खुल्ने जानकारी गराइएको छ।
१५ दिनभित्र प्रतिवेदन पेस गर्नका लागि नेपाल आयल निगमका कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुनेगरी उपसमिति बनाइएको छ।
७ बुँदे माग राखेर पेट्रोलियम ट्यांकर चालक संघका चालकहरू हड्तालमा उत्रिएका थिए।