• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सबै क्षेत्र लथालिङ्ग छ, हामी सच्चिऊँ : केसी


  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले देशको सबै क्षेत्र लथालिङ्ग भएको बताउनुभएको छ ।

    Advertisement

    २०८१ जेठ ३१ गते बिहीकार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

    प्रतिनिधि सभामा विनियोजन विधेयक–२०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा अध्यक्ष केसीले मुख्यतः सत्ताधारी पक्ष सच्चिनुपर्ने आसय व्यक्त गर्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले तीनओटै मन्त्रालयअन्तर्गत विद्यमान समस्याबारे सङ्क्षिप्तमा चर्चा गर्नुभएको थियो ।

    यस्तो थियो, अध्यक्ष केसीद्वारा प्रस्तुत मन्तव्यको सम्पादित भाग :

    “तीनओटा मन्त्रालयका विभिन्न विषयमा आफ्नो विचार राख्न तीन मिनेट पाइएको छ । अब तीन मिनेटभित्र तीनओटा मन्त्रालयका विषयबारे के कुरा गर्न सकिएला यहाँ ? उभिने त किन हो भने हाम्रो सांसद जीवितै रहेछ, रोस्टममा देखा पर्‍यो भन्ने । मतदाता, अरू मिडियालाई देखाउने कुरा हो ।

    सबैभन्दा पहिलो विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसित सम्बन्धित छ ।

    जब शक्तिराष्ट्रले उदारीकरणको नीति नेपाललाई बोकाए, त्यो बेलादेखि नेपालका उद्योगधन्दा सखापै भयो । पञ्चायती व्यवस्थालाई हामीले जति विरोध गरे पनि उनीहरूले धेरैथोरै औद्योगीकरण गरेका थिए । हामीलाई थाहा छ नि ? त्यसो भएको हुँदा मुलुक अर्धऔपनिवेशिक अवस्थामा छ भनेको कुरा के हो भने हामीले आफ्नै कुरा गरे पनि वास्तवमा ठुला राष्ट्रले उदारीकरणको सिद्धान्त लागु गर्नुपर्छ । बजार अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी राज्यले बोक्ने जिम्मा हैन, यो त व्यापारीलाइ दिनुपर्छ भनेर २०३८/३९ सालदेखि पञ्चायती व्यवस्था जाने जाने बेलामा त्यति बेलाका ठुला राष्ट्रहरूले उदारीकरण बोकाए । त्यो उदारीकरणमा गएपछि देश ओरालो लाग्यो । त्यसपछि नेपालको उद्योगधन्दाको स्थिति के छ ? समय छैन । म त्यतातिर लागिनँ ।

    दोस्रो विषय छ भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ।

    अहिले पनि नेपालमा सामन्ती भूस्वामित्व छ । मसित पहाडबाट औँस बेचेर ल्याएको ती कट्ठा एैलानी छ । म यसपालि चारपटक माननिय भएँ । त्यो तीन कट्ठा ऐलानी जमिनको मैले लालपुर्जा लिन सकेको छैन । मैले थाहा पाइसकेपछि पनि १८/१९ ओटा त भूमि आयोग बने । त्यहाँ कर्मचारी जान्छन्, नापीनक्सा गर्छन् । कसको नाममा छ यो भन्छन् । त्यो सबै नाटक । त्यसो हुनाले नेपालमा अब अहिले पनि भूमि आयोग बनेको छ । यसपालि म घर गएको बेलामा पनि त्यसका प्रतिनिधि आएका थिए, हजुरको पनि यो सातबुले भन्ने ठाउँमा जग्गा छअरे भनेर ।
    सहकारीको कुरा त के गरौँ ? ब्याङ्क खोल्नलाई आठ अरब रुपिया चाहिने धरौटी । त्यसो हुनाले सहकारीको सवालमा त्यसको उद्देश्य, सिद्धान्तसँग केही मतलब भएन । राज्यसत्तामा बस्नेहरूले नै सहकारी हिनामिना गरेको छ । तिनैले लुटेका छन् । कसलाई देखाउछौँ हामीले ? त्यसकारणले सहकारीको सिद्धान्त, नीति भद्रगोल छ ।

    म आफै २०७२ सालमा सहकारीमन्त्री भएपछि थाहा भयो, सहकारीमा राज्यसत्तामा ढलीमली गर्नेले नै कसरी सहकारी लुट्दा रहेछन् ? कसरी ठग्दा रहेछन् ? अहिलेसमेत गरेर आठओटा समिति बने, सहकारी छानबिन समिति । जब जनताले आन्दोलन गर्दछन्, सरकारलाई अप्ठ्यारो पर्दछ । समिति बनाउने काम हुन्छ । समिति बनाएपछि त्यसले के रिपोर्ट दिन्छ ? त्यो रिपोर्टलाई कार्यान्वयन नगरिदिने । फेरि अर्को समिति बनाउने । त्यसकारण अहिलेको जो स्थिति देखिएको छ, यो मूल रूपमा देशको अर्धऔपनिवेशिक अवस्थाको चित्र हो ।

    अब ठुला अस्पतालको के कुरा गर्नु ? ठुला अस्पतालजति काठमाडौँमा छन् । काठमाडौँमा यति ठुलो जनसङ्ख्या किन जम्मा भयो भने काठमाडौँभन्दा बाहिर स्वास्थ्यको जिम्मा, रोजगारीको जिम्मा, त्यो त सरकारले गर्दै गरेन । सत्तामा बस्नेहरूले यहाँ औषधी गर्नुपर्दैन, उनीहरू विदेश जान्छन् । त्यसो हुनाले स्वास्थ्य क्षेत्र मात्रै होइन, सबै क्षेत्र लथालिङ्ग छ । यसलाई हामीले सच्याउनुपर्दछ ।”

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.