काठमाडौँ । पाल्पाको रामपुरमा राष्ट्रिय जनमोर्चाले मेयर रमणबहादुर थापालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
राजमो नगर अध्यक्ष रामप्रसाद गैरैको नेतृत्वमा २०८१ जेठ ३० गते बुधबार गएको प्रतिनिधिमण्डलले सो ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा नगरपालिकाले प्रस्तुत गर्ने आगामी आ.व. २०८१/८२ को बजेटको सन्दर्भमा विभिन्न २६ ओटा बुँदा प्रस्तुत गरिएको छ । ती बुँदाहरूमा भौतिक विकास निर्माण, शिक्षा, कृषि, पर्यटनलगायतका विषय समावेश गरिएका छन् ।
प्रतिनिधिमण्डलमा राजमो नगर उपाध्यक्ष रामबहादुर आले, सचिव भूवनसिंह सिँजाली, सहसचिव विष्णु सिग्देल, सचिवालय सदस्यहरू पहलसिंह सिँजाली र पदम पौडेल सहभागी हुनुहुन्थ्यो ।
ध्यानाकर्षणपत्र बुझ्दै नगरप्रमुख थापाले आफूले २६ ओटै बुँदा अध्ययन गर्ने र सम्भव भएसम्मका प्रस्तावहरू बजेटमा समावेश गर्ने आश्वासन दिनुभएको नगर अध्यक्ष गैरेले युगदर्शनलाई बताउनुभयो ।

